मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

‘बाबुराम भट्टराईले जनतालाई धोका दिए’

Ujyalosandeshonline 10783+ समाचार ( )
९ वैशाख २०८१, आइतबार

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले पार्टीका अर्का अध्यक्ष बाबुराम भट्टराईले पार्टी एकतामा भाँजो हालेर नेपाली जनतालाई धोका दिने काम गरेको आरोप लगाएका छन् । 

काठमाडौंमा आयोजित पार्टीको अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । यादवसहितको समूह मोआवदी केन्द्रसँग पार्टी एकताका लागि तयार भइसकेको बेला भट्टराईले एकीकरणको विपक्षमा अभिव्यक्ति दिएका थिए । 

भट्टराईको नजिकका तीन जनाले उनको साथ छोड्नु नै नेपाल समाजवादी पार्टीले लिएको बाटो ठिक भन्ने प्रमाणित भएको दाबी यादवले गरे । 

‘मैले डा. साहेबलाई भनेको थिएँ डा. साहेब तपाई चुनाव लड्नुहोस् । म चुनाव लड्छु दुई वटा सिट हुन्छ । जितिन्छ र पार्टीलाई बनाउन सकिन्छ । उहाँले मान्नुभएन । उहाँको भनाइ थियो– अब हामीले पार्टी चलाउन सक्दैनौं । पार्टी चल्नै सक्दैन,’ यादवले भने, ‘हामीले विभिन्न अवरोध पार गर्दै यहाँसम्म आयौं, अब यो देशको राष्ट्रवादी शक्तिहरुलाई जोड्नुपर्छ । देशभक्त पार्टीसँग  एकता गर्ने आधारमा जाऔं । उहाँले जे जे भनेपनि मलाई आलोचना गर्नु छैन ।’

उनले हालैको संसदीय निर्वाचनमा पनि भट्टराईले सल्लाह नमानेको दुखेसो गरे । ‘एउट कुरा भन्छु, गंगाजीले ३५ वर्षको सम्बन्ध किन छोड्नुभयो? दुर्गा भट्टराई, विश्वदीप पाण्डे उहाँको परिवारिक सदस्य तीन जनाले उहाँलाई छोडिसकेपछि यो नेपाल समाजवादी पार्टीले लिएको बाटो ठिक भन्ने प्रमाणित भएको छ,’ उनले भने, ‘बाबुराम भट्टराईले नेपाली जनतालाई धोका दिने काम गरेको छ । मैले भने तपाई चुनाव लड्नुहोस्, किन लड्नुभएन ?’

संघीयता, लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताका विषयलाई हेर्ने दृष्टिकोणमा नेपाल समाजवादी पार्टी सबभन्दा नजिकको मित्र शक्ति माओवादी केन्द्र नै रहेको यादवले बताए । १० प्रदेशमा सहमतिको अधुरो काम पुरा गर्न माओवादीसँग एकता आवश्यक रहेको भनाइ उनले राखे । 

‘नेपाल समाजवादी पार्टीको सबभन्दा नजिकको मित्र शक्ति भनेको नेकपा माओवादी नै छ,’ उनले भने । 

माओवादी आन्दोलनको बलमा नै मुलुकमा गणतन्त्र सम्भव भएको उनले बताए । मुलुकलाई १० प्रदेश आवश्यक रहेको जिकिर गर्दै उनले त्यो पुरा गराउन अघि बढ्नका लागि पनि पार्टी एकता आवश्यक रहेको उनको जोड थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार