मुख्य समाचार
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल | आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह | नारायणगढ–मुग्लिन सडक सञ्चालन | रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो | बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द | सिद्धार्थ राजमार्ग किनारमा लायन्स क्लब अफ भैरहवा लिगेसीको वृक्षारोपण | दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव |

रौतहटबाट स्रोत नखुलेको साढे ११ लाख रुपैयाँसहित एक पक्राउ

Ujyalosandeshonline 11904+ समाचार ( )
२६ मंगशिर २०८२, शुक्रबार

गौर । जिल्ला प्रहरी कार्यालय रौतहटले स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका-११ भगवानपुर बस्ने ३६ वर्षीय मुना प्रसाद जयसवाल रहेका छन् । इलाका प्रहरी कार्यालय मौलापुरको टोलीले मौलापुर नगरपालिका-३ लाल बकैया बाँधस्थित सडकखण्डमा चेकजाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो ।

जयसवालले चलाएको मधेश प्रदेश ०३-०३३ प.३११० नम्बरको मोटरसाइकलको लेगार्डमा रहेको झोलाभित्र लुकाइछिपाई ल्याइएको अवस्थामा १ हजार दरका ८३३ थान, ५०० दरका ६२५ थान र १०० दरका १५ थान गरी कुल ११ लाख ४७ हजार नेपाली रुपैयाँ फेला परेको थियो । बरामद रकमको स्रोत खुलाउन नसकेपछि जयसवाललाई रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार