मुख्य समाचार
कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत |

देशभर मनसुन सक्रिय हुनसक्ने, केही स्थान ‘रेडजोन’मा

Ujyalosandeshonline 12450+ समाचार ( )
१५ असार २०८१, शुक्रबार

काठमाडौं । आगामी केही दिनमा मनसुन सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय रेखा पूर्ण रूपमा विकसित भई सरदर स्थान भन्दा उत्तरतर्फ मनसुन सक्रिय हुनेछ । मनसुन भित्रिएको आधा महिनापछि देशभर एकसाथ सक्रिय हुने देखिएको हो । 

जसका कारण आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । मनसुनी वायूको प्रभावले शुक्रबारदेखि आइतबारसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

महाशाखाले लुम्बिनी र गण्डकीका एकरदुई स्थानमा अति भीषण (धेरै भारी) वर्षा हुनसक्ने बताएको छ । मौसम पूर्वानुमान महाशाखाले कोशीको पूर्वी क्षेत्र तथा गण्डकी र लुम्बिनीमा बाढीपहिरोसहितका विपतका घटनाका हिसाबले ‘रेडजोन’मा राखेको छ । महाशाखाले कोशीको ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, तेह्रथुम, धनकुटा, संखुवासभा क्षेत्रमा बाढीपहिरोको जोखिम भनेको हो ।

शहरी तथा तराई क्षेत्रहरूमा डुवानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक पूर्व तयारी गर्न तथा सतर्कता अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार