मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

कर्णाली नदीले तटबन्ध बगाएपछि गाउँ जोखिममा

यज्ञप्रसाद सापकोटा 4+ समाचार ( )
१६ भाद्र २०८२, सोमबार

बर्दिया । बर्दिया र कैलालीको विचबाट बग्ने कर्णाली नदीले गेरुवा गाउँपालिका वडा नं २ बनघुस्रामा तटबन्ध बगाएपछि सो स्थानका गाउँहरू जोखिममा परेका छन् । कर्णाली नदीको कटानले करिब तीन  सय मिटर तटबन्ध बगाएपछि आधादर्जन गाउँहरू जोखिममा परेका हुन् । 

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना राजापुरका अनुसार कर्णाली नदीले सो स्थानमा करिब तीन सय मिटर तटबन्ध बगाएको छ । पाँच बर्ष अघि करिब तीन करोडको लागतमा निर्माण भएको छटबन्ध र स्पर नदी बगाएको आयोजनाले जनाएको छ । 

करिब ५ वर्षअघि झण्डै ३ करोडको लागतमा निर्माण भएको तटबन्ध र स्पर बगाएको हो । नदी कटानले लम्बाई करिब तीन सय मिटर र चौडाई ३ मिटर कटान गरेको आयोजना प्रमुख सुदिन मुक्तानले बताए । कटानको रोक्नका लागि स्थानीयले रोकथामका उपाय गरिरहेका छन् 

नदीमा बनाइएको तटबन्ध सँगै स्पर बगाएकाले कर्णालीले धार परिवर्तन गरी बनघुस्रा, बनकटटी, सनकटटी, टिकुलीगढ, लोहार लगायतका बस्तीमा बाढी पस्ने जोखिम बढेको छ । अस्थायी रुपमा नदी कटान रोक्न सोमबार नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, जनप्रतिनिधिसहित स्थानीयले बोरामा बालुवा, स्याउला भरेर तटबन्ध गरिने गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार