मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

त्रिकोणात्मक सिरिज खेल्न हङकङ पुगेको नेपाली टोली र हङकङबीच आज मैत्रीपूर्ण खेल हुँदै

Ujyalosandeshonline 12547+ समाचार ( )
२६ फाल्गुन २०८०, शनिबार

काठमाडौं । नेपाल र हङकङबीच आज मैत्रीपूर्ण क्रिकेट हुँदैछ । खेल बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ । त्रिकोणात्मक सिरिज खेल्नका लागि बिहीबार हङकङ पुगेको नेपाली क्रिकेट टोलीले आज सिरिज सुरु हुनुपूर्व नेपाल र हङकङले फ्रेन्डसिप कपको नाममा एक टि२०आई खेल्न लागेको हो । 

नेपालले हङकङमा एक त्रिकोणात्मक सिरिजसहित हङकङसँग टि२०आई खेल्ने पूर्व निर्धारित तालिका अनुसार नै आज (मार्च ९) उक्त खेल खेल्दै छ । भोलीबाट नेपाल, हङकङ र पपुवा न्युगिनीबीच त्रिकोणात्मक टी–२० आई सिरिज सुरु हुँदैछ ।  

त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल भोली (फागुन २७ गते) हङकङसाग खेल्ने छ । यस्तै, दोस्रो खेलमा नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्दैछ । फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुने छ ।

नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा रहेका छन् ।

हङकँमा हुने टि२०आई टोलीमा आकाश चन्द र लोकेश बम थपिदा मुख्य प्रशिक्षक मोन्टि देशाइले दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, अनिल शाह र ललित नारायण राजवंशीलाई विश्राम दिएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार