मुख्य समाचार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा |

अर्घाखाँची निर्वाचन अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टीको फराकिलो अग्रता, एमाले दोस्रो स्थानमा

अनिल नेपाली 141+ समाचार ( )
२३ फाल्गुन २०८२, शनिबार

अर्घाखाँची । अर्घाखाँची जिल्लामा प्रतिनिधि सभा सदस्य पदको मतगणना तीव्र रूपमा अघि बढिरहेको छ। आज बिहान ८:५० बजेसम्मको पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फराकिलो मतान्तरसहित आफ्नो अग्रता कायम गरिरहेको छ। प्राप्त विवरणअनुसार 'घण्टी' चुनाव चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि भुसालले २५ हजार ८ सय १ मत प्राप्त गर्दै शीर्ष स्थान ओगटेका छन्।

रास्वपालाई पछ्याउँदै 'सूर्य' चुनाव चिह्न भएको नेकपा एमालेका उम्मेदवार पिताम्बर भुसाल १७ हजार ४ सय ५६ मतका साथ दोस्रो स्थानमा रहेको छ। पहिलो र दोस्रो स्थानमा रहेका दलबीच ८ हजार भन्दा बढी मतको अन्तर देखिएको छ। त्यसैगरी, 'रुख' चुनाव चिह्न भएको नेपाली कांग्रेस १२ हजार ५ सय १ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ। अन्य दलहरूतर्फ 'तारा' चुनाव चिह्न रहेको नेपाली कम्युनिस्ट पार्टीले ३ हजार ४ सय २५ मत ल्याएको छ भने 'गिलास' चुनाव चिह्न भएको राष्ट्रिय जनमोर्चाले १ हजार ७ सय ३७ मत प्राप्त गरेको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म अन्तिम नतिजा आइनसकेको र मतगणना कार्य निरन्तर रूपमा जारी रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार