मुख्य समाचार
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह | आजको मौसम पूर्वानुमान : पहाडी भूभागमा आंशिक बादल ,तराई क्षेत्रमा तातो लहरको सम्भावना | वीरगन्ज हुँदै छ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात | रास्वपा लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गरिएको निवेदन दरपिठ | बालबालिकाका समस्या र प्रहरीको भूमिकाबारे डीआईजी ओम बहादुर रानाद्वारा नगर बाल सञ्जालसँग छलफल | राज्यका निकायलाई सुदृढ बनाएर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री शाह | बर्डफ्लु नियन्त्रणका लागि सुनसरी प्रशासनको कडाइ | भर्चुअल बैठकमार्फत निर्देशन | सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा | अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने |

महिला विश्वकपबाट भारत आउट

Ujyalosandeshonline 11042+ समाचार ( )
२९ अशोज २०८१, मङ्गलबार

काठमाडौं । २०२४ को टी–२० विश्वकपमा हरमनप्रीत कौरको नेतृत्वमा रहेको भारतीय महिला टोलीको यात्रा समाप्त भएको छ । भारतीय टोली यस प्रतियोगिताको सेमिफाइनलमा पुग्न नसकेको यो आठ वर्षमा पहिलो पटक हो ।

प्रतियोगितामा भारतको सुरुवात राम्रो हुन सकेन र न्युजिल्याण्डसँग हार बेहोरेको थियो । यसपछि भारतले पाकिस्तान र श्रीलंकालाई हराएर आफ्नो आशा जीवित राखेको थियो तर समूह ए को अन्तिम खेलमा अस्ट्रेलियासँग पराजित भएको थियो ।

भारत अष्ट्रेलिया विरुद्ध जित दर्ताको नजिक थियो तर टोलीले अन्तमा विकेट गुमायो र नौ रनले पराजित भयो । भारतको सेमिफाइनल पुग्ने आशा पूर्णतया पाकिस्तान र न्युजिल्याण्डबीचको खेलमा निर्भर थियो । पाकिस्तानको जितले भारतलाई सेमिफाइनलमा पु¥याउन सक्थ्यो । समूह ‘ए’ बाट अष्ट्रेलिया चारवटै खेल जितेर सेमिफाइनलमा पुगेको थियो भने दोस्रो स्थानका लागि न्युजिल्यान्ड, भारत र पाकिस्तानबीच प्रतिस्पर्धा थियो ।

भारतको चार खेलमा दुई जित र दुई हारका साथ चार अंक थियो र यो खेलअघि उसको नेट रनरेट न्युजिल्यान्डभन्दा राम्रो थियो । न्युजिल्यान्डले यो खेल हारेमा पाकिस्तान र भारतसँगै चार अंक हुने थियो र नेट रन रेटका आधारमा दोस्रो सेमिफाइनलको टुंगो लाग्ने थियो ।

तर, न्युजिल्यान्डले पाकिस्तानलाई ५४ रनले पराजित गर्दै चार खेलमा तीन जित र एक हारसहित ६ अंक जोडेको छ र अन्तिम चारमा प्रवेश गरेको छ । सन् २०१६ पछि यो पहिलो पटक हो कि न्युजिल्यान्ड टिम टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको हो ।

भारत पछिल्लो तीन सिजनमा लगातार सेमिफाइनल पुग्न सफल भएको थियो । २०२० मा पनि फाइनलमा पुगेको थियो र उपाधि जित्ने दिशामा अघि बढेको थियो । तर, त्यसबेला फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो । उपाधिको खडेरी अन्त्य गर्ने उद्देश्यका साथ दुवई पुगेको भारत सेमिफाइन पनि नपुगी घर फर्र्किकएको छ ।

सोमबार राति भएको खेलमा न्युजिल्याण्डले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ६ विकेट गुमाएर ११० रन बनाएको थियो । जवाफमा पाकिस्तानको टोली ११.४ ओभरमा सबै विकेट गुमाएरु ५६ रनमा समेटिन पुग्यो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार