मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

देश भ्रमले होइन, श्रमले चल्छ : अध्यक्ष साम्पाङ

Ujyalosandeshonline 12548+ समाचार ( )
१० माघ २०८२, शुक्रबार

कर्णाली । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले नभई श्रम र पसिनाले चल्ने बताउनुभएको छ । पार्टीको प्रदेशस्तरीय सङ्गठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्न आज सुर्खेत आइपुग्नुभएका अध्यक्ष साम्पाङले देश चलाउन इमान्दार नेतृत्वको खाँचो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले सत्य लुकाएर बोल्न जानेको छैन । बेतिथि र भ्रष्टाचार विरुद्ध १५ वर्षदेखि एक्लै लड्दै आएको छु ।” 

विदेशीको इशारामा देश चलिरहेको आरोप लगाउँदै उहाँले माटोप्रतिको अक्षुण्ण भाव राखेर पसिना बगाउन सके मात्र देश बन्ने दाबी गर्नुभयो । उहाँका अनुसार देश बचाउन र बनाउन श्रम अनिवार्य चाहिन्छ । पार्टी, धर्म र जातको नाममा हुने लडाइँ अन्त्य गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष साम्पाङले श्रम संस्कृति भाषण नभई ससाना कामबाट सुरु हुने महत्वपूर्ण संस्कार भएको जिकिर गर्नुभयो । 

काम नगर्ने प्रवृत्तिकै कारण मुलुक पछाडि परेको बताउनुभएका अध्यक्ष साम्पाङले श्रम संस्कृति पार्टीका नेता नभई सबै श्रमदाताहरु हुने प्रतिक्रिया दिनुभयो । पुराना दलहरुबाट विद्यमान समस्या समाधान नहुने र देशमा सुशासन कायम गरी भ्रष्टाचार न्यूनीकरण गर्न श्रम संस्कृति पार्टीलाई समर्थन गर्नुपर्ने उहाँको भनाइ थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार