मुख्य समाचार
संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा | पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन | कर्णालीको खाद्य स्वच्छता समुन्नत हुनुपर्छ | पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल | मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित | कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड | हतियार ह्याण्डलिङ तालिम समापन | चाडपर्व सभ्य र मर्यादित रूपमा मनाउन प्रहरीको आग्रह | उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन | कपिलवस्तुमा चाडपर्व लक्षित ६४ वटा क्यूआरटी परिचालन |

स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटः लीलाराम र न्यु होराइजन सेमिफाइनलमा

Ujyalosandeshonline 12509+ समाचार ( )
३० मंगशिर २०८१, आइतबार

भैरहवा । रुपन्देही लीलाराम न्यौपाने मावि र न्यु होराइजन मावि ११औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’मा सेमिफाइनल प्रवेश गरेका छन् । आइतबारको खेलमा लीलारामले न्यु इरा इङ्गलिस बोर्डिङ हाई स्कूललाई १ विकेट र न्यु होराइजनले न्यु मुन एकेडेमीलाई १ सय ३७ रनले पराजित गर्दै सेमिफाइनल यात्रा पक्का गरेका हुन् ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको न्यु इराले निर्धारित २० ओभरको खेलमा १९ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १ सय ९ रन बनायो । उसका लागि मणि विकले २९, नैतिक बानियाँले २४, सागरसिंह चौधरीले १३ र मोहम्म साइब खानले १२ रन बनाए । बलिङमा लीलारामका सुगम पोखरेलले ४ ओभरमा १ मेर्डनसहित १३ रन खर्चेर ५ विकेट हात पारे । यस्तै, मोहम्मद अयुबले २ तथा लक्की यादव र शुभम यादवले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको लीलारामले १८ ओभरमा ९ विकेटको क्षतिमा १ सय १० रन बनाउँदै जित हात पार्यो । उसको जितमा फैजन खानले अविजित २९, अबुहम्जा खानले २२ र विशाल बरईले १२ रनको योगदान दिए । बलिङमा न्यु इराका सुरज गुप्ताले ४, नैतिक बानियाँले २ तथा सागरसिंह चौधरी र पुरुषोत्तम कुर्मीले १–१ विकेट लिए । खेलमा सागर पोखरेल प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।

अर्को खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यु होराइजनले ५ विकेटको नोक्सानीमा १ सय ७४ रनको विशाल योगफल बनायो । उसका लागि राहुल नाउले ४३, प्रिन्स पालले ३७ र अनुप न्यौपानेले अविजित ३५ रनको योगदान दिए । बलिङमा न्यु मुनका विश्वास थापाले २ तथा आशिष यादव र शिव गुप्ताले १–१ विकेट लिए ।

प्रतिउत्तरमा न्यु मुन १३ ओभर ५ बलमा अलआउट हुँदै ३७ रनमै समेटियो । उसलाई सस्तैमा रोक्न न्यु होराइजनका प्रिन्स पालले ४, सुप्रिम कँडेलले ३ तथा अनिश भट्टराई र निरज घिमिरेले १–१ विकेट हात पारे । न्यु मुनका आशिष यादवले १६ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिम सस्तैमा समेटियो र हार व्यहोर्यो । खेलमा प्रिन्स पाल प्यलेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना र पर्वत ज्वेलर्स, बैंकरोड, भैरहवाको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले ५० हजार, उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट ब्याटर र बेष्ट बलरले जनही ५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय तथा बेष्ट अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक भरत थापाले बताए । प्रतियोगिता पुस २ गतेसम्म संचालन हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार