मुख्य समाचार
डाँढा गाउँ जलाशय | गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने | ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ | अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह | राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा | मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन | औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी | ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह | डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु | ‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ |

प्रज्जवल बोहराको चुनावी प्रतिबद्धता: विकास, सुशासन र रोजगारी प्राथमिकतामा

Ujyalosandeshonline 11775+ समाचार ( )
४ फाल्गुन २०८२, सोमबार

भैरहवा । रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार प्रज्जवल बोहराले आफ्नो मुख्य योजनाहरू सार्वजनिक गरेका छन्। आइतबार धकधईमा आयोजित एक कार्यक्रमका बीच प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उनले विकास, सुशासन र रोजगारीलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको बताएका छन्।

बोहराले राप्रपाको मूल दर्शन "भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो" भन्ने कुरालाई दोहोर्याउँदै सरकारी सेवालाई डिजिटल बनाउने र बजेट खर्चमा पूर्ण पारदर्शिता अपनाउने योजना अघि सारेका छन्। शिक्षा क्षेत्रमा लुम्बिनी बौद्ध विश्वविद्यालयको गुरुयोजना पूरा गर्ने र विद्यालयहरूमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्ने उनको प्रतिबद्धता छ। साथै, रामनरेश यादव विद्यालयलाई क्याम्पसको रूपमा स्तरोन्नति गरी सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने उनको सोच रहेको छ।

स्वास्थ्य सेवाका लागि धकधई स्वास्थ्य केन्द्रलाई विशेषज्ञ अस्पतालमा परिणत गर्ने र हरेक पालिकामा एम्बुलेन्स तथा दमकलको व्यवस्था गर्ने बोहराले वाचा गरेका छन्। पर्यटन र विकासका योजनाहरू अन्तर्गत रोहिणी नदीको संरक्षण, मैनीहवामा पक्की पुल निर्माण, बुद्धको मावली क्षेत्र देवदहलाई लुम्बिनीसँग जोडेर अन्तर्राष्ट्रिय पर्यटकीय स्थलको रूपमा विकास गर्ने र किसानका लागि समयमै मल, बीउ तथा सिँचाइको प्रबन्ध गर्ने उनको एजेन्डा रहेको छ।

स्वर्गीय नेता दीपक बोहराका छोरा प्रज्जवलले आफ्नो पेशा-व्यवसाय छोडेर राजनीतिमा होमिएको बताउँदै अबको पुस्तालाई "चिल्ला नारा" भन्दा "परिणाम" चाहिएकोमा जोड दिए। युवाहरूले देश छोड्नुपर्ने बाध्यता हटाउनु नै आफ्नो पहिलो काम हुने उनको भनाइ छ। उनले भने, "दशकौंदेखिको पुरानो शैलीबाट युवा पुस्ता आजित भइसकेको छ। अब हामीलाई ठोस काम र सुशासन चाहिन्छ।" बोहराले सहकारी र लघुवित्त पीडितका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुलुकको विकासका लागि नयाँ पुस्ता, दल र राजसंस्थाबीच सहमति हुनुपर्ने धारणा राखेका छन्। उनले आफ्नो "हलो" चिह्नमा मतदान गर्न सबै मतदातालाई आग्रह गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार