मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

कुखुराको चल्ला तस्करी बढयो, सिमा क्षेत्रमा प्रहरीको निगरानी

Ujyalosandeshonline 12614+ समाचार ( )
६ फाल्गुन २०८१, मङ्गलबार

रौतहट । रौतहटको ग्रामिण भेगमा सिमावर्ती नाकाबाट कुखुराको चल्ला तस्करी बढेपछि प्रहरीले निगरानी बढाएको छ । भारतिय कुखुराको चल्ला वैधानिक तरिकाले ल्याउँदा प्रक्रिया झन्झटिलो हुने भएकाले सीमा क्षेत्रमा  अवैध कारोबारमा वृद्धि भएको गुनासो आएपछि प्रहरीले निगरानी बढाएको हो । 

यहि क्रममा रौतहट प्रहरीले सिमावर्ती नाका भारतबाट भन्सार छली गरेर अवैध रुपमा नेपाल ल्याईएको ब्रोईलर कुखुराको चल्लालाई बरामद गरी नष्ट गरेको छ ।प्रहरी चौकी मौतिपुर नरकटियाबाट खटिएको प्रहरी गस्ती टोलीले सोमबार बरामद गरि मंगलबार बिहान नष्ट गरेको हो । 

भारतबाट अवैध रुपमा भंन्सार छली ल्याइएको १ हजार ४ सय थान कुखुराको चल्लाहरु खाल्डो खनेर पुरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी दिपक कुमार रायले बताए । 

सिमावती क्षेत्रमा कडाई गरेपछि कुखुरा र कुखुराका चल्ला बरामद हुन थालेको उनले बताए  ।भारतबाट नेपालमा बैधानिक तरिकाले कुखुरा ल्याउँदा क्वारेन्टाईनमा परिक्षण गरी स्वस्थ रहेमा मात्र ल्याउन पाउने नियम छ । 

भारतिय बजारबाट कुखुरा सजिलै ल्याउन नपाएपनि तस्करी गरेर ल्याउने गरेकाले मर्कामा परेको नेपालका कुखुरा पालक कृषकहरु बताँउछन् । भारतीय बजारबाट नै कुखुरा ल्याएर रौतहटका विभिन्न बजारमा बिक्रि हुने गरेकाले यहाँ उत्पादन गरिएको कुखुरा बिक्री हुन नपाएको गुनासो कृषकको छ । नेपाल भन्दा भारतीय बजारमा कुखुरा सस्तो पर्छ । नेपाल–भारतको खुल्ला सिमनाका कारण रौतहटका कृषकले उत्पादन गरेका कुखुराले बजार पाउन सकेको छैन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै