मुख्य समाचार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा |

पर्यटकको रोजाइमा हरित उपत्यका खुम्जुङ

Ujyalosandeshonline 12334+ समाचार ( )
८ वैशाख २०८२, सोमबार

सोलु । सोलुखुम्बुको खुम्जुङ उपत्यका पर्यटकीय क्षेत्र हो । हरित उपत्यकाका नामले चिनिने खुम्जुङ नाम्चेभन्दा केही माथि पर्छ । बसन्तकालिन सिजनमा सगरमाथा आरोहण र आधार शिविरसम्म पुग्ने पर्यटकहरु खुम्जुङमा रमाइलो गर्ने गर्छन् । 

समुन्द्री सतहदेखि ३ हजार ८ सय मिटरको उचाइमा रहेको खुम्जुङ उपत्यका अन्तर्राष्ट्रियस्तरमा परिचित हुन थालेको छ ।यहाँका सबै घरहरुमा हरियो रंग को जस्ता पाताले छाइएको छ । खुम्बुपासाङल्हामु गाउँपालिका मा पर्ने यो उपत्यका पर्यावरणीय दृष्टिले पनि महत्वपूर्ण मानिन्छ।

खुम्जुङ पुग्न सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट पैदल चारदेखि पाँच दिन लाग्छ भने हवाई यात्रा मार्फत लुक्लाबाट तीन दिन लाग्छ ।रहस्यमय जीवयतीको टाउको को छाला यही उपत्यकाको खुन्देस्थित गुम्बामा रहेकाले पर्यटकहरु झुम्मिने गरेका छन्। शेर्पाहरुको पुरानो गाउँको रुपमा चिनिने हिमालको फेदीमा रहेको यो गाउँबाट आमाडबलम हिमालको सुन्दर दृश्य देख्न सकिन्छ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार