मुख्य समाचार
भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै |

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय शान्ति महोत्सव सुरु

रासस 699+ समाचार ( )
५ चैत्र २०८२, बिहीबार

लुम्बिनी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वमा बढ्दो द्वन्द्व र अस्थिरताको बीचमा बुद्धको करुणा, अहिंसा र सहअस्तित्वको सन्देश झनै सान्दर्भिक भएको बताउनुभएको छ । शान्तिका अग्रदुत भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि सुरु तेस्रो अन्तरराष्ट्रिय लुम्बिनी शान्ति महोत्सवमा उहाँले विश्व शान्तिका लागि लुम्बिनीले पुनःएकपटक आध्यात्मिक केन्द्रको भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो । 

महोत्सव नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजनामा सुरु भएको हो । “आजको अशान्त विश्वमा भगवान् बुद्धको करुणा र अहिंसाको सन्देश पुनर्जीवित गर्नु अपरिहार्य छ”, मन्त्री सिन्हाले भन्नुभयो, “नेपाल आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा आफ्नो पहिचानलाई अझ सुदृढ बनाउँदै विश्व समुदायसँग सहकार्य गर्न चाहन्छ ।”

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले वर्तमान अन्तरराष्ट्रिय परिवेश झन् जटिल र अस्थिर बन्दै गइरहेको सन्दर्भमा शान्ति हरेक मानवको आधारभूत आवश्यकता बनेको उल्लेख गर्नुभयो । उहाँले चीन शान्तिपूर्ण विकासको मार्गमा अघि बढ्दै विश्वका शान्तिप्रेमी राष्ट्रहरूसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो । नेपाल–चीनबीचको सांस्कृतिक र आध्यात्मिक सम्बन्धलाई उल्लेख गर्दै उनले लुम्बिनीले विश्व शान्तिको प्रतीकका रूपमा स्थापित भइसकेको धारणा राख्नुभयो । “महोत्सवले दुई देशबीचको ऐतिहासिक मित्रता र बौद्ध सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास लिएको छु”, उहाँले भन्नुभयो । 

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले लुम्बिनी सम्पूर्ण मानव सभ्यताको साझा धरोहर भएको उल्लेख गर्दै शान्ति, सहअस्तित्व र मानवताको सन्देशलाई खेलकुदमार्फत विश्वमञ्चमा स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो । उहाँले अन्तरराष्ट्रिय शान्ति म्याराथनसहित विभिन्न खेलकुद गतिविधिहरूले शान्ति र विकासको सशक्त माध्यमका रूपमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । 

लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाले बुद्धको शिक्षालाई केबल विश्वास नभई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले ध्यान र साधनाबाट मात्र वास्तविक शान्ति प्राप्त गर्न सकिने उल्लेख गर्दै लुम्बिनी सम्पूर्ण मानव समुदायका लागि खुला आध्यात्मिक केन्द्र भएको बताउनुभयो । महोत्सवअन्तर्गत शुक्रबार मायादेवी मन्दिर परिसरमा विशेष ध्यान (मेडिटेशन) कार्यक्रम आयोजना गरिनेछ भने शनिबार अन्तरराष्ट्रिय शान्ति म्याराथन सञ्चालन हुनेछ ।

यससँगै सांस्कृतिक प्रस्तुति, आध्यात्मिक प्रवचन तथा अन्तरक्रियात्मक कार्यक्रम पनि समावेश गरिएको छ । लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी, नेपाल पर्यटन बोर्डलगायत विभिन्न सङ्घसंस्थाको सहकार्यमा आयोजना गरिएको महोत्सवले लुम्बिनीलाई विश्व शान्ति र आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा प्रवद्र्धन गर्ने बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार