मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

कोहलपुरले जित्यो बाँके जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड

Ujyalosandeshonline 12612+ समाचार ( )
२९ माघ २०८०, सोमबार

नेपालगञ्ज । बाँके जिल्लास्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८० को उपाधि कोहलपुर नगरपालिकाले जितेको छ । 

कोहलपुरले उपाधि लगातार तेस्रो वर्ष पनि जितेको हो । प्रतियोगितामा जिल्लाका ७ वटा स्थानीय तहबाट छनोट भएर आएका एक हजार खेलाडीबीच ६ वटा विधाका खेलमा प्रतिस्पर्धा गराइएको थियो ।

३६ स्वर्ण, ९ रजत र ५ कांस्य पदक जित्दै कोहलपुर रनिङ शिल्डको उपाधिमा ह्याट्रीक गर्न सफल भएको हो । दोस्रो भएको राप्तीसोनारी गाउँपालिकाले १३ स्वर्ण, १७ रजत र २० कांस्य पदक प्राप्त गरेको छ ।

तेस्रो स्थानमा नेपालगन्ज उपमहानगरपालिकाले ७ स्वर्ण, ६ रजत र ६ कांस्य पदक प्राप्त गरेको छ । यस्तै बैजनाथ गाउँपालिकाले ६ स्वर्ण, १४ रजत र १५ कांस्य पदक प्राप्त गरेको छ ।

प्रतियोगितामा ३ स्वर्ण, ५ रजत र ३ कांस्य पदकसहित पाँचौ स्थानमा खजुरा गाउँपालिका, नरैनापुरले एक स्वर्ण र जानकीले २ रजत पदकमा चित्त बुझाएका छन् ।

उत्कृष्ट खेलाडीमा एथलेटिक्स छात्रतर्फ राप्तीसोनारीका करण नेपाली,  छात्रातर्फ नेपालगन्जका आरुषी भट्टराई, भलिबल छात्रतर्फ कोहलपुरका संगम तारामी मगर र छात्रातर्फ राप्तीसोनारीकी लक्ष्मी चौधरी भए ।

यस्तै कबड्डी छात्रातर्फ खजुराकी सुषमा बादी र छात्रतर्फ नेपालगन्जका इसरारर अलि साई, तेक्वान्दो छात्रातर्फ कोहलपुरकी दिपशिखा रानाभाट र छात्रतर्फ कोहलपुरकै सुवर्ण सिग्देल उत्कृष्ट हुन सफल भए ।

यस्तै करातेमा छात्रातर्फ बैजनाथकी वविता विक, छात्रतर्फ कोहलपुरका शुभम बूढा तथा उसु छात्रातर्फ कोहलपुरकी गरिमा चौधरी र छात्रतर्फ कोहलपुरकै टार्जन रोकामगर उत्कृष्ट खेलाडी घोषित भए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार