मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

घरमै राहदानी पु¥याउन प्रशासन र हुलाकबीच सहकार्य

Ujyalosandeshonline 12321+ समाचार ( )
१२ वैशाख २०८३, शनिबार

काभ्रेपलाञ्चोक । घरमै राहदानीलगायत प्रशासनिक सामग्री पु¥याउन काभ्रेका नागरिकलाई सरकारी सेवा सहज र सुलभ बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय धुलिखेल र जिल्ला हुलाक कार्यालयबीच शुक्रबार  सम्झौता भएको छ ।सम्झौतापछि जिल्लास्थित प्रशासन कार्यालयबाट प्रदान गरिने राहदानी तथा अन्य भौतिक वस्तु सेवा अब हुलाकमार्फत नागरिकको घरमै पु¥याइने भएको हो ।

सरकारी सेवा लिन कार्यालयसम्म धाउनुपर्ने झन्झट कम गर्ने लक्ष्यसहित गरिएको यो पहलले विशेषगरी वृद्धवृद्धा, अशक्त, ब्यस्त नागरिक तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने सेवाग्राहीलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको जनाइएको छ । सेवाग्राहीले आवश्यक प्रक्रिया पूरा गरी घरमै सेवा उपलब्ध गराइदिन अनुरोध गरेमा राहदानीलगायतका सामग्री सुरक्षित रूपमा घरसम्म पु¥याइने भएको हो ।

जिल्ला प्रशासनद्वारा आयोजित पत्रकार सम्मेलनमा सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाई र हुलाक कार्यालय प्रमुख दीपककुमार नेपालीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार जिल्ला प्रशासन कार्यालयबाट तयार पारिएका सामग्री छिटो, सुरक्षित र जिम्मेवार ढङ्गले सम्बन्धित व्यक्तिसम्म पु¥याउने दायित्व जिल्ला हुलाक कार्यालयको हुनेछ । त्यस्तै, टिकट शुल्कको ब्यवस्था गर्नुका साथै सेवाग्राहीको सही र स्पष्ट ठेगाना उपलब्ध गराउने जिम्मेवारी जिल्ला प्रशासन कार्यालयले वहन गर्ने जनाइएको छ । 

यो व्यवस्था लागू भएपछि नागरिकले राहदानी लिन लामो लाइन बस्नुपर्ने, पटक–पटक कार्यालय धाउनुपर्ने तथा अनावश्यक समय खर्च गर्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ । सरकारी सेवामा प्रविधि र व्यवस्थापन सुधारको उदाहरणका रूपमा हेरिएको यस कदमले सेवा प्रवाहलाई अझ प्रभावकारी र जनमैत्री बनाउने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो । उहाँकाअनुसार घरमै राहदानीलगायतका सेवा चाहनेले घरमै र सदरमुकामबाट लिने भए उल्लेख गर्न पारमा आग्रह गर्नुभएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार