मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

बागमतीको स्वास्थ्य शिक्षा हबतर्फ हेटौंडा : एमबीबीएस पढाइको अनुमति, स्नातकोत्तर तहमा पनि नयाँ कार्यक्रम

Ujyalosandeshonline 11768+ समाचार ( )
३२ श्रावण २०८२, शनिबार

हेटौंडा ।  बागमती प्रदेशको राजधानी हेटौंडा स्वास्थ्य शिक्षा हबको दिशामा तीव्रगतिमा अघि बढ्दै गएको छ । चिकित्सा शिक्षा आयोगले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यसै शैक्षिक सत्रदेखि एमबीबीएस पढाउनका लागि ५० सिट स्वीकृति प्रदान गरेको छ । यसले हेटौंडाको नाम प्रदेशमै होइन, मुलुकभर स्वास्थ्य शिक्षा क्षेत्रमा फैलिने अपेक्षा गरिएको छ ।

प्रतिष्ठानमा यसअघि नै विभिन्न स्नातक तहका कार्यक्रम सञ्चालनमा रहेका छन् । बीएस्सी नर्सिङ कार्यक्रम यस वर्ष २० सिटबाट बढाएर ३० सिट गरिएको छ भने मेडिकल ल्याब टेक्नोलोजी र पब्लिक हेल्थ कार्यक्रम २०÷२० सिटमै सञ्चालन भइरहेका छन् । ब्याचलर अफ फार्मेसी पनि ३० सिटकै संरचनामा निरन्तर सञ्चालन हुनेछ ।

यसैगरी स्नातकोत्तर तहमा पनि नयाँ उपलब्धि थपिएको छ। यस शैक्षिक वर्षदेखि एमडीको सात विषयमा अध्ययन सुरु हुने भएको छ, जसमा कुल ८ सिट स्वीकृति पाइएको छ । स्त्री तथा प्रसूति विभागमा २ सिट रहनेछ भने फिजिसियन, जनरल सर्जरी, बालरोग, हाडजोर्नी तथा नशारोग, फेमिली फिजिसियन र एनेस्थेसियोलोजीमा एक–एक सिट रहनेछ ।

पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले यसलाई प्रदेशकै लागि ठूलो अवसरको रूपमा व्याख्या गर्दै भने, ‘मुख्यमन्त्री हुँदा सुरुवात गरेको यो प्रतिष्ठानले उत्पादन गर्ने जनशक्तिले स्वास्थ्य सेवा विस्तारमा अब धेरै समय लाग्दैन ।’

स्वीकृत सिट संख्या वृद्धि र नयाँ कार्यक्रम थपिएको यस कदमले प्रतिष्ठानलाई स्वास्थ्य शिक्षा र अनुसन्धानको प्रमुख केन्द्र बनाउने विश्वास प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले व्यक्त गरे । उनका अनुसार, प्रतिष्ठानले स्वास्थ्य शिक्षा विस्तारसँगै विशेषज्ञ चिकित्सक उत्पादन, गुणस्तरीय उपचार सेवा र आधुनिक अनुसन्धान प्रवद्र्धनमा निरन्तर काम गर्दै आएको छ ।

प्रतिष्ठानअन्तर्गत सञ्चालित हेटौंडा अस्पतालमा दैनिक १ हजार ५ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । छिमेकी प्रदेशका बासिन्दासमेत यहाँ उपचारका लागि आउने गरेको प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवालीले बताए। उनका अनुसार, यो प्रतिष्ठानबाट बागमती प्रदेश मात्र होइन, देशभरका नागरिकले दीर्घकालीन लाभ लिनेछन् ।

प्रदेशकै गौरवको परियोजना मानिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान २०७६ सालमा प्रदेश सभाबाट ऐन जारी गरी स्थापना गरिएको हो । २०७७ साउन १५ मा उपकुलपति र भदौ १५ मा अन्य पदाधिकारी नियुक्त गर्दै औपचारिक रूपमा कार्य प्रारम्भ गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार