मुख्य समाचार
भन्सार छलेर भित्र्याइएको ठूलो परिमाणको कपडा नवलपरासीमा पक्राउ | विमानस्थलबाट गाँजासहित विदेशी नागरिक पक्राउ | गुल्मी जिल्ला प्रशासनको सेवामा सुधार, एकद्वार प्रणाली र QR भुक्तानीको माग | केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ | बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट | कांग्रेस १५औँ महाधिवेशनः वडा अधिवेशन भदौ २४ देखि, केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ सम्म | लोमान्थाङमा यार्तुङ पर्वको रौनक | सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी | मनसुन सक्रियः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना | नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान |

दरबार हत्याकाण्डको छानबिन हुन्छ : प्रधानमन्त्री दाहाल

Ujyalosandeshonline 12076+ समाचार ( )
१५ माघ २०८०, सोमबार

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् । सोमबार बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरबारभित्रै भएको हत्याकान्डमा तत्कालीन राजा वीरेन्द्र शाहसहित परिवारै मारिएका थिए । उक्त हत्याकाण्डको सत्यतथ्य छानबिन हुने प्रधानमन्त्री दाहालले बताए । 

उनले संघीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाका विरूद्ध उभिने र षड्यन्त्रपूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको समेत स्पष्ट पारे । 

गत शुक्रबार मात्रै पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना दाजुको सपरिवार हत्या भएको घटना आफ्नो नाम जोडेर टिकाटिप्पणी भएकोमा गुनासो गरेका थिए । 

नागरिक अभिनन्दन ग्रहण गर्न वीरगंज पुगेका पूर्वराजा शाहले राजदरबार हत्याकाण्डपछि राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाएको बताएका थिए । 

‘जेठ १९, २०५८ मा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाएको थियो । हामी र हाम्रो परिवारलाई घातक प्रहारहरु पनि गरेका थिए । सत्य सधैं सत्य हुन्छ । असत्यको विजयी कहिले हुँदैन । हाम्रो माझ प्रत्यक्षदर्शीहरु हुँदाहुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौँ । यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो,’ शाहको भनाइ थियो । 

दरबार हत्याकान्डको छानबिनका लागि तत्कालिन अवस्थामा समिति गठन गरिएको थियो । उक्त समितिले युवराज दीपेन्द्रको दोष देखाएको थियो । सर्वसाधारणमा अझै पनि उक्त घटनाबारे विभिन्न आशंका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार