मुख्य समाचार
संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव |

नव दृष्टि आँखा अस्पतालद्वारा करिब १४ हजार जनाको निःशुल्क आँखा परीक्षण

Ujyalosandeshonline 12337+ समाचार ( )
२६ अशोज २०८१, शनिबार

इटहरी । इटहरीमा रहेको नवदृष्टि आँखा अस्पतालले एक वर्षको अवधिमा करिब १४ हजार बिरामीको निःशुल्क आँखा परीक्षण गरेको छ । नवदृष्टिले स्थापनाकाल देखि नै तराईका सुगम जिल्लादेखि पूर्वी पहाडी जिल्लाका ग्रामीण बस्तीहरूमा निःशुल्क आँखा शिविर गर्दे आएको छ । एक वर्षको अवधिमा कोशी प्रदेशका सुनसरी, मोरङ, उदयपुर, खोटाङ, सङ्खुवासभा, भोजपुर, धनकुटासहित मधेस प्रदेशको सप्तरीमासमेत शिविरको आयोजना गरेको अस्पतालको दाबी छ ।

सो शिविरहरूमा १३ हजार ५ सय ४१ जना बिरामीको आँखा परीक्षण गरिएको अस्पतालले जनाएको छ । अस्पतालले एक वर्षको अवधिमा एक सय ६३ वटा शिविरको आयोजना गरेको अस्पतालका अध्यक्ष डा। विजय गौतमले बताए । शिविरमा मोतियाबिन्दु देखिएका चार सय ३७ जनाको निःशुल्क अप्रेसनसमेत गरिएको उनले बताए । यस्तै, अस्पतालले एक वर्षको अवधिमा कोशी प्रदेशका ५० वटा विद्यालयमासमेत निःशुल्क आँखा परीक्षण गरेको गौतमको भनाइ छ । खासगरी विद्यालयहरूमा धेरैजसो आँखा परीक्षण गरेको उनले बताए ।

विद्यालयमा १३ हजार एक सय १२ जना विद्यार्थीहरूको आँखा परीक्षण गरेको अध्यक्ष गौतमले जनाए । विद्यालयमा गरिएको परीक्षणमा आठ सय १७ जना विद्यार्थीको आँखामा समस्या देखिएका कारण उपचार गरिएको दृष्टि विज्ञ राकेश थापाले बताए । अस्पतालले विभिन्न स्थानमा पुगेर निःशुल्क शिविर गर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार