मुख्य समाचार
हेलमेटमा लुकाएर ल्याएको रु सात लाख र ब्ल्याङ्क चेकसहित एक भारतीय पक्राउ | विद्यार्थीलाई प्रशासकीय अधिकृतको सुझाव : ‘सफलताका लागि निरन्तर प्रयास र कडा मेहनत आवश्यक’ | आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल | कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु | भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री | नवलपरासीमा ८० लाखभन्दा बढीका मोबाइलका सामान बरामद | नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ | संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड |

राष्ट्रिय एकता तथा मेलमिलाप दिवस काँग्रेसको चियापान

Ujyalosandeshonline 12348+ समाचार ( )
१६ पौष २०८०, सोमबार

बुटवल । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ ले चियापान कार्यक्रम गरी मनाएको छ ।

सोमबार बिहान बुटवल ७ मा रहेको विपि बाटिकामा चियापान कार्यक्रम गरी राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाईएको हो । 

चियापान कार्यक्रममा बोल्ने पार्टीका नेताहरुले अहिले पनि विपिले लिएको राष्ट्रिय एकता तथा मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको भनाई राख्नुभयो ।

संविधानको रक्षा तथा कार्यान्वयन, देशको विकास, सुदृढ अर्थतन्त्रको निर्माणका लागि राष्ट्रभित्रका सबै शक्ति मिल्नुको विकल्प नभएको उहाँहरुको भनाई छ ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले संविधानको रक्षा तथा त्यसको कार्यान्वयन, देशको विकास र समृद्धिका लागि देशमा रहेका सबै शक्ति मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताउनु भयो । 

क्षेत्रीय सभापति प्रजापाल गिरीको सभापतित्वमा भएको कार्यक्रममा महासमिति सदस्य तथा पार्टीकी प्रदेश सदस्य बालकुमारी भण्डारी, नगर सभापति खेलराज पाण्डे, नेता युवराज गिरी लगायतले जनताको जीवनमा सकारात्मक परिवर्तन गर्नु राजनीतिको मूल कार्यभार भएको र त्यसलाई पूरा गर्न पार्टी भित्रैको आन्तरिक तथा अन्तरपार्टी बेमेल र मतभेदलाई अन्त्य गर्न जरूरी रहेको भनाई राख्नुभयो । 

२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कू’ गर्दै शासन आफ्नो हातमा लिएर काँग्रेस संस्थापक एवम् तत्कालीन प्रधानमन्त्री वीपी कोइराला लगायतलाई जेल हालिएको थियो ।

२०२५ कात्तिक १४ गते वीपी कोइरालालगायतका नेताहरु जेलमुक्त भएपछि भारतमा निर्वासन जीवन बिताईरहेका विपि लगायतका नेताहरु २०३३ साल पुस १६ गते आफूहरुमाथि लगाइएको मृत्युदण्डको मुद्दाको बेवास्ता गर्दै राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने नीति अंगाल्दै स्वदेश फर्किनु भएको थियो ।

त्यसयता काँग्रेसले पुस १६ गतेलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको रुपमा मनाउँदै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार