मुख्य समाचार
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल | आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह | नारायणगढ–मुग्लिन सडक सञ्चालन | रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो | बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द | सिद्धार्थ राजमार्ग किनारमा लायन्स क्लब अफ भैरहवा लिगेसीको वृक्षारोपण | दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव |

सरकार सुशासनका विरुद्ध खडा भयो, बिचौलियाहरुको मात्र भयो : प्रचण्ड

Ujyalosandeshonline 11904+ समाचार ( )
१३ वैशाख २०८२, शनिबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार सुशासनका विरुद्ध खडा गरिएको बिचौलियाहरुको सरकार भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित प्रेस सेन्टर नेपाल पाँचौ राष्ट्रिय महाधिवेशन शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा उनले यो सरकार भ्रष्टाचारीहरुको रक्षा गर्ने सरकार भएको भन्दै यो कुरा राजनीति विवेक र ज्ञान राख्ने मान्छेले पनि स्वीकार गरेको बताए । 

उनले भने, ‘अहिलेको सरकार सुशासनका विरुद्ध खडा गरिएको बिचौलियाहरुको सरकार हो भन्ने कुरा सबैलाई थाहा छ । अब त अलिकति पनि राजनीति विवेक र ज्ञान राख्ने मान्छे सबैले पनि स्विकार गर्न थालेका छन् कि सरकार दलाल पुँजीपति बिचौलिया र नोकरसाहहरुको हित गर्ने, भ्रष्टाचारीहरुको रक्षा गर्ने राम्रो काम गर्नेहरुलाई प्रताणित गर्ने सरकार हो ।’ यस्तै, उनले राजावादीहरु कति हिंसक छन् भन्ने कुरा एकै दिनका कार्यक्रममा देखाएको भन्दै राजावादीहरुको रणनीति पूर्ण रुपमा असफल भइसकेको बताए । 

उनले भने, ‘राजावादीहरु कति हिंस्रक छन् भन्ने कुरा एकै दिनका कार्यक्रमले राम्रोसँग स्थापित गर्यो र राजावादीहरुले भन्ने गरेको होहल्ला र रणनीति पूर्ण रुपमा असफल भइसक्यो । आउने दिनमा पनि विभिन्न घटना हुन सक्छन् यसको लागि जनतालाई सचेत गर्ने जिम्मेवारी पनि हाम्रो काँधमा छ ।’अहिले निर्वाचन भन्ने वित्तिकै सम्पूर्ण रुपले अराजकतावादको अभ्यास गर्ने एउटा विकृत संस्कार भन्ने भाष्य पनि नेपाली समाजमा स्थापना भएको उनको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार