मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

गढीमाई मन्दिरमा अमर्यादित क्रियाकलाप गर्ने तीन जना पक्राउ

Ujyalosandeshonline 11009+ समाचार ( )
१२ माघ २०८१, शनिबार

बारा । बारा प्रहरीले धार्मिक स्थलमा उच्छृखलता प्रदर्शन गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । महागढीमाई नगरपालिका वडा नं. ०१ स्थितमा रहेको विश्व प्रसिद गढीमाई मन्दिरमा आएका दर्शनार्थीलाई अमर्यादित क्रियाकलाप गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय बाराले प्रेस विज्ञप्ति जारी गर्दै सो घटनामा संलग्नलाई  पक्राउ गरिएको पुष्टि गरेको छ । पक्राउ पर्नेमा रौतहटको बृन्दावन नगरपालिका वडा नं. २ बस्ने २३ वर्षीय एजाज अंसारी, महागढीमाई नगरपालिका वडा नं. १ बस्ने १९ वर्षीय अरमान अंसारी र ३६ वर्षीय विधा सागर पटेल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाका अनुसार सिसिटिभी फुटेजको आधारमा पहिचान गरी तीनै जनालाई पक्राउ गरिएको हो ।

विश्व प्रसिद गढीमाई मन्दिरमा पञ्च वर्षीय मेला चलिरहेको अवस्थामा मन्दिरका दर्शनार्थीले चढाउन ल्याएका परेवा लुट्ने, मन्दिरको  घण्टी, पंखा, त्रिशुल, सि.सि. क्यामरा, दान पेटिका र गढीमाई मन्दिरको विवाह मण्डप समेत तोडफोड गरी क्षति पुर्याउने कार्यमा संलग्न रहेको उनले जानकारी दिए ।

प्रहरीलाई समेत डयूटीमा बाधा पारी उच्छृङ्खल क्रियाकलाप गरेको सूचनाका आधारमा सो घटनामा संलग्न भएका व्यक्तिहरुलाई पहिचान गरि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।पक्राउ परेका तीनैजनालाई प्रहरी हिरासतमा राखी घटनाको थप अनुसन्धान भइरहेको  बारा प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार