मुख्य समाचार
धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता | चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना | गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ | पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने | सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री | सरकार–लघुवित्त पीडितबीच पाँच बुँदे सहमति | बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह | वृद्धआश्रममा खाद्यान्न र फलफूल वितरण गरी राष्ट्रिय वैश्य महासंघको स्थापना दिवस मनाइयो | देशमा सद्भावको कामना गर्दै लुम्बिनीमा विशेष प्रार्थना |

प्रभु हेली दोश्रो इन्टर लायन्स डीजी कप शनिबार

Ujyalosandeshonline 11869+ समाचार ( )
२४ माघ २०८१, बिहीबार

भैरहवा । लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभको आयोजनामा भैरहवामा शनिबार इन्टर लायन्स डीजी कप २०२५ क्रीकेट प्रतियोगिता हुने भएको छ । 

लायन्स क्लबहरुविच खेलको माध्यमबाट भातृत्व भावनाको विकास गर्ने उद्देश्य सहित प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएका छन । बिहिबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभका अध्यक्ष संजोगराज तिवारीले प्रतियोगिता सुपर सिक्स फर्म्याटमा खेलाइने बताए । प्रभु हेलिले प्रतियोगिता प्रायोजन गरेको छ । प्रतियोगितामा विजयी टीमले २५ हजार नगद सहित कप र ट्रफी प्रदान गरिनेछ । यस्तै उप विजेताले १५ हजार नगद सहित कप र मेडल प्रदान गरिनेछ । यस्तै म्यान अफ द म्याच, मेन अफ द सिरिज, अनुशासित टिम, उदियमान खेलाडी लगायतलाइ पनि पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा लायन्स क्लब अफ भैरहवा वेस्ट, लायन्स क्लब अफ बुटवला इलाइट, लायन्स क्लब अफ बुटवल तिनाउ, लायन्स क्लब अफ भलवारी सिटी, लायन्स क्लब अफ ग्रीन सिटी, लायन्स क्लब अफ होलिसिटी, लायन्स क्लब अफ सिद्धार्थनगर, लायन्स क्लब अफ सिद्धार्थनगर प्रोफेसनल, लायन्स क्लब अफ सिद्धार्थनगर युथ, लायन्स क्लब अफ सिद्धार्थनगर गौतम बुद्ध, लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभ, लायन्स क्लब अफ सिद्धार्थनगर भैरहवा लिगेसी गरि १२ टीमको सहभागिता रहने तिवारीले बताए ।

प्रतियोगितामा सहभागी खेलाडीहरुको २ लाखको बीमा गरिएको र यसको प्रायोजन सलिको इन्स्योरेन्सले गरेको तिवारीले जानकारी दिए । कुल ४ लाख ५० हजार खर्च हुने अनुमान गरिएको प्रतियोगिताबाट बचेको रकमलाइ सामाजिक कार्यमा खर्छ गरिने आयोजकले बताएका छन ।

लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभका अध्यक्ष संजोगराज तिवारीको अध्यक्षतामा एवम पत्रकार लायन्स एरिया ५ का चिफ अभिनव मयुर कशौधनको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा क्लबका निवर्तमान अध्यक्ष मिलन विश्वकर्मा, लायन्स क्लब अफ सिद्धार्थनगर होलिसिटीको अध्यक्ष सन्तोष रायमाझी, लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष दिपेन्द्र बडुवाल लगायतले बोलेका थिए । क्लबका सचिव भुवन शर्माको सन्चालन एवम कार्यक्रम संयोजक सुनिल सेन्चुरीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार