मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

Ujyalosandeshonline 12614+ समाचार ( )
१५ श्रावण २०८३, शुक्रबार

जनकपुरधा । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र कानुनी व्यवस्था कायम राख्न अभिभावकहरूसँग आग्रह गरेको छ । प्रहरी कार्यालयले आज अपिल जारी गर्दै सडक प्रदर्शन, जुलुस तथा भीडमा बालबालिकाको संलग्नता बढ्दै गएको उल्लेख गर्दै यसप्रति सबै अभिभावक सचेत हुनुपर्ने उल्लेख गरेको छ । अपिलमा अभिभावकलाई आफ्ना बालबालिकालाई उत्तेजनात्मक, हिंसात्मक तथा कानुनविपरीत गतिविधिमा सहभागी हुन नदिन, अत्यावश्यक कामबाहेक घरबाहिर नपठाउन तथा उनीहरूको गतिविधिमा निगरानी राख्न अनुरोध गरेको छ ।

साथै सामाजिक सञ्जालमा फैलिने भ्रामक र भड्काउ सूचनाबाट सचेत रहन पनि आग्रह गर्दै अपिलमा बालबालिकाको सुरक्षा, शान्ति, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा कानुनको पालनामा सहयोग पुर्‍याउन सम्पूर्ण अभिभावक, जनप्रतिनिधि, शिक्षक, समाजसेवी तथा समुदायका सदस्यहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरिएको छ । मधेस प्रदेश प्रहरी कार्यालयका सहप्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक भेषराज रिजालद्वारा जारी अपिलमा सामाजिक एकता र शान्ति कायम राख्न सबै पक्षको सहकार्य आवश्यक पर्ने जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार