मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

Ujyalosandeshonline 12321+ समाचार ( )
१५ श्रावण २०८३, शुक्रबार

जनकपुरधा । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र कानुनी व्यवस्था कायम राख्न अभिभावकहरूसँग आग्रह गरेको छ । प्रहरी कार्यालयले आज अपिल जारी गर्दै सडक प्रदर्शन, जुलुस तथा भीडमा बालबालिकाको संलग्नता बढ्दै गएको उल्लेख गर्दै यसप्रति सबै अभिभावक सचेत हुनुपर्ने उल्लेख गरेको छ । अपिलमा अभिभावकलाई आफ्ना बालबालिकालाई उत्तेजनात्मक, हिंसात्मक तथा कानुनविपरीत गतिविधिमा सहभागी हुन नदिन, अत्यावश्यक कामबाहेक घरबाहिर नपठाउन तथा उनीहरूको गतिविधिमा निगरानी राख्न अनुरोध गरेको छ ।

साथै सामाजिक सञ्जालमा फैलिने भ्रामक र भड्काउ सूचनाबाट सचेत रहन पनि आग्रह गर्दै अपिलमा बालबालिकाको सुरक्षा, शान्ति, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा कानुनको पालनामा सहयोग पुर्‍याउन सम्पूर्ण अभिभावक, जनप्रतिनिधि, शिक्षक, समाजसेवी तथा समुदायका सदस्यहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरिएको छ । मधेस प्रदेश प्रहरी कार्यालयका सहप्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक भेषराज रिजालद्वारा जारी अपिलमा सामाजिक एकता र शान्ति कायम राख्न सबै पक्षको सहकार्य आवश्यक पर्ने जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार