मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने

Ujyalosandeshonline 12614+ समाचार ( )
१६ श्रावण २०८३, शनिबार

विरगन्ज (पर्सा) । पर्सा जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका सबै सुरक्षा निकायले समन्वयात्मक रूपमा जिल्लाको शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा शुक्रबार बसेको समितिको बैठकले गृह मन्त्रालय (शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा) को निर्देशन कार्यान्वयन, प्रदेश सुरक्षा समन्वय समिति, मधेस प्रदेश बैठकको निर्णयमाथी छलफल गरी निर्देशन बुँदागत रूपमा सम्बन्धित सरोकारबालसँगको सहकार्य, समन्वय, सहजीकरण र सहभागितामा तत्काल कार्यान्वयन गर्ने र सबै सुरक्षा निकायले समन्वयात्मक रूपमा जिल्लाको शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाउने निर्णय गरेको हो ।

गृह मन्त्रालय (शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा)ले बिहीवार पछिल्ला घटनाक्रमलाई सुक्ष्म निगरानी र विश्लेषण गर्दै सुरक्षा निकायले सक्रियतापूर्वक समन्वयात्मक ढङ्गले सुरक्षा व्यवस्था मजबुत र सुदृढ बनाउने तथा सुरक्षात्मक कारवाहीमा संयमतापूर्वक सुरक्षाकर्मीको परिचालन गर्ने लगायतको निर्देशन जारी गरेको थियो । बैठकले पछिल्लो समय देशका विभिन्न स्थानमा उत्पन्न असहज परिस्थितिका कारण पर्सा जिल्लामा देखिन सक्ने सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै शुक्रबार साँझ ५ः०० बजेदेखि आज बिहान ६ः०० बजेसम्म बीरगञ्जका मुख्य क्षेत्रमा निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार