मुख्य समाचार
सशस्त्र प्रहरीद्वारा रुपन्देहीमा अवैध सामान बरामद : लत्ताकपडा र मोटरसाइकल नियन्त्रणमा | प्रहरीको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि पदयात्रा | लुम्बिनीका सबै स्थानीय तहमा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गरिने | आज धनतेरससँगै नेपालीहरूको महान् पर्व तिहार सुरु | सशस्त्र प्रहरी महानिरीक्षक पौडेलद्वारा सीमा सुरक्षा र शान्ति व्यवस्थापनमा उच्च सतर्कता अपनाउन निर्देशन | सशस्त्र प्रहरीको नं. ३४ गणमा मानव अधिकार र सुशासनसम्बन्धी विशेष प्रशिक्षण | नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन: ‘नागरिकको जीउधनको सुरक्षामा कमजोरी नहोस्’ | भैरहवास्थित किराना पसलहरूमा बजार अनुगमन | रौतहटमा स्रोत नखुलेको ४४ लाखभन्दा बढी नगदसहित दुई जना पक्राउ | सीमा क्षेत्रमा तस्करी नियन्त्रणको दाबीबीच अवैध फर्सीको बीउ बरामद, सुरक्षा निकायमाथि प्रश्न |

आज धनतेरससँगै नेपालीहरूको महान् पर्व तिहार सुरु

Ujyalosandeshonline 12637+ समाचार ( )
२१ कार्तिक २०८३, शुक्रबार

काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ। आज नयाँ गरगहना, सुनचाँदीका सिक्का वा धातुका भाँडाकुँडा खरिद गरी घरमा पूजा गरेर धनतेरस पर्व मनाइँदैछ। यस वर्ष तिथिको घटबढका कारण सामान्यतया पाँच दिन मनाइने तिहार छ दिनको हुने भएको छ। पण्डित नारायणप्रसाद दुलालका अनुसार आज मध्याह्न ११ बजेर १० मिनेटपछि त्रयोदशी तिथि सुरु हुने भएकाले आजै धनतेरस मनाउन लागिएको हो।

उक्त तिथि भोलि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ। यसपालि कागपूजा र धन्वन्तरी जयन्ती भोलि शनिबार, कुकुरपूजा र लक्ष्मीपूजा आइतबार तथा भाइटीका कात्तिक २५ गते परेको छ। मिथिला क्षेत्रमा यसै दिन साँझ दीपमालिका गर्ने तथा धातुका सामान, खरेटो र धनियाँ किन्ने परम्परा छ। धनतेरसका लागि नेपाल राष्ट्र बैंकको बबरमहलस्थित कार्यालयबाट सुनचाँदीका सिक्का बिक्री आज पनि निरन्तर जारी रहने जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार