मुख्य समाचार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा |

रूपन्देही सुपरलिगः बुद्ध क्रिकेट क्लब ‘ए’ डिभिजनमा

Ujyalosandeshonline 12334+ समाचार ( )
२९ चैत्र २०८२, आइतबार

भैरहवा । बुद्ध क्रिकेट क्लब भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिताको ‘ए’ डिभिजनमा उक्लिएको छ । ‘बी’ डिभिजनको आइतबारको खेलमा साई ग्लोबल क्रिकेट क्लबलाई ८ विकेटले हराउँदै बुद्ध ‘ए’ डिभिजनमा बढुवा भएको हो ।

सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको साई ग्लोबलले २५ ओभर ३ बलमा सबै विकेट गुमाएर जम्मा ९० रनको झिनो लक्ष्य खडा गर्यो । उसलाई सस्तैमा रोक्न बुद्धका अनुज चौहानले ७ ओभर ३ बलमा ३ मेडनसहित ११ रन खर्चेर महत्वपूर्ण ६ विकेट हात पारे । यस्तै, प्रवेज आलमले २ तथा सुरज गुरुङले १ विकेट लिए । साई ग्लोबलका अजय चाईले ३३, बासुदेव यादवले १५ र जितेन्द्र केवटले १० रन बनाए ।

जवाफी ब्याटिङ गरेको बुद्धले १४ ओभर १ बलमा २ विकेटको नोक्सानीमा ९३ रन बनाउँदै सहजै जित निकालेर ‘ए’ डिभिजनमा बढुवा भयो । उसको जितमा सुरज पौडेलले अविजित ५३ र साहिल पटेलले १७ रनको योगदान गरे । बलिङमा साई ग्लोबलका जितेन्द्र केवटले २ विकेट लिए । खेलमा अनुज चौहान प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद एक लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले समान पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ पाउने खेल संयोजक प्रथम पराजुलीले बताए । प्रतियोगिताको विजेता पुरस्कार माउण्ट एभरेष्ट कत्था मिल, उपविजेता पुरस्कार विके ज्वेलर्स, भैरहवा, म्यान अफ द म्याचको पुरस्कार सिद्धार्थ उद्योग बाणिज्य संघले प्रायोजन गरेको छन् ।

यस्तै, म्यान अफ द सिरिजको पुरस्कार होटल स्टार होलिडे, बेस्ट व्याटर र बलरको पुरस्कार युवा व्यवसायी रविकुमार रौनियार, उदयीमान खेलाडीको पुरस्कार प्रतीक ट्रेड लिंक र म्याच अवधिभर बलको प्रायोजन व्यवसायी अमित गुप्ताले गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार