मुख्य समाचार
सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता | सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेट हुँदै | पर्सा जिल्ला अदालतद्वारा वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न आदेश | सभापति लामिछाने र अध्यक्ष नवीनबीच भेटवार्ता : राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिकाबारे छलफल | पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते | सुदूरपश्चिम प्रदेश गौरवका आयोजना आगामी आवमा सम्पन्न हुने गरी बजेट विनियोजन गरिने | हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै | तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ | सभापति लामिछानेलाई भाजपाका महासचिव सिंहद्वारा स्वागत | कन्याममा पर्यटक |

कटहरीमा २ अर्ब लागतको जीवन विकास अस्पतालको प्रधानमन्त्री ओलीले गरे उद्घाटन

Ujyalosandeshonline 11437+ समाचार ( )
२६ जेठ २०८२, आइतबार

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी गाउँपालिका–२, हल्दीबारीमा निर्माण गरिएको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्घाटन गरेका छन् । हेलिकप्टरमार्फत कटहरी पुगेका प्रधानमन्त्री ओलीले दुई अर्ब रुपैयाँ लागतमा निर्माण गरिएको २०० शैय्याको अत्याधुनिक अस्पताल उद्घाटन गरेका हुन् । 

ग्रामीण भेगमा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने उद्देश्यसहित अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पताल जीवन विकास समाजद्वारा स्थापना गरिएको हो, जसका संस्थापक अध्यक्ष योगेन्द्र मण्डल हुन् । मण्डल मोरङ–५ बाट प्रतिनिधिसभा सदस्यसमेत हुन्, जसले एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका थिए ।

अध्यक्ष मण्डलका अनुसार अस्पतालमा अत्याधुनिक चिकित्सा उपकरण र अनुभवी विशेषज्ञ चिकित्सकको टोलीमार्फत सेवा प्रदान गरिनेछ । यहाँ आकस्मिक सेवा, विशेषज्ञद्वारा दैनिक ओपीडी, निर्मल तथा पेनलेस डेलिभरी सेवा, सामान्य र दुरबिन प्रविधिबाट हुने सबै प्रकारका शल्यक्रिया, बालरोग उपचार तथा डायलासिस सेवा उपलब्ध हुनेछ।

हाल अस्पतालमा २५ शैय्याको आईसीयू, ९ शैय्याको नवजात सघन कक्ष (एनआइसीयू), र १० शैय्याको सिसियु (सीसीयू) सञ्चालनमा छन्। मण्डलका अनुसार अस्पतालमा दुई दर्जनभन्दा बढी विशेषज्ञ चिकित्सकसहित २०० जना स्वास्थ्यकर्मी कार्यरत छन्। स्थानीय स्तरमै गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको यस अस्पतालले मोरङको ग्रामीण क्षेत्रका साथै आसपासका जिल्लाका नागरिकलाई समेत प्रत्यक्ष फाइदा पु¥याउने विश्वास गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार