मुख्य समाचार
नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति | पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज | ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना | जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन |

लुम्बिनी अन्तरराष्ट्रिय ‘पिस म्याराथन’ चौथो संस्करण हुँदै

Ujyalosandeshonline 12465+ समाचार ( )
३ चैत्र २०८२, मङ्गलबार

काठमाडौँ । नेपाल ओलम्पिक कमिटी (एनओसी)को आयोजनामा चौथो लुम्बिनी अन्तरराष्ट्रिय ‘पिस म्याराथन’ हुने भएको छ । खेलकुदमार्फत शान्ति, एकता र दिगो विकास प्रवर्द्धन गर्ने उद्देश्यले विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनीमा यही चैत ७ गते उक्त कार्यक्रम गर्न लागिएको एनओसीका उपाध्यक्ष तथा लुम्बिनी अन्तरराष्ट्रिय पिस म्याराथनका संयोजक अशोकरत्न बज्राचार्यले जानकारी दिनुभयो ।

प्रत्येक वर्ष अप्रिल ६ मा विश्वभर मनाइने विकास र शान्तिका लागि अन्तरराष्ट्रिय खेलकुद दिवसबाट लुम्बिनी पिस म्याराथन प्रेरित रहेको उहाँले बताउनुभयो । एनओसीले सन् २०२२ देखि म्याराथन गर्दै आएको हो । म्याराथनले उत्कृष्ट खेलाडी, धावक, युवा, आध्यात्मिक व्यक्तित्व तथा विश्वभरका शान्ति अभियन्तालाई एकैठाउँमा ल्याई खेल पर्यटनलाई प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । 

यसपालि पुरुष म्याराथन, महिला हाफ म्याराथन, खुल्ला पाँच किमी दौड (पुरुष÷महिला) र पाँच किमी स्कुल ब्वाइज÷गल्र्स तथा सोही दूरीमा भेट्रान पुरुष गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ । यसैगरी तीन किमी खुल्ला पिस वाकाथनको आयोजना पनि गरिनेछ । यी सबैमा गरी एक हजार २०० जनाले सहभगिता जनाउने संयोजक बज्राचार्यले जानकारी दिनुभयो । 

चौथो संस्करणको कुल पुरस्कार राशि रु १७ लाख ६९ हजार रहेको छ । पुरुष म्याराथनका विजेताले रु तीन लाख ५० हजार, दोस्रो हुनेले रु दुई लाख ५० हजार र तेस्रो हुनेले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी म्याराथनमा शीर्ष दश स्थानमा रहने धावकलाई क्रमशः रु एक लाख, रु ८० हजार, रु ६० हजार, रु ४० हजार, रु २० हजार, रु १० हजार र रु पाँच हजार प्रदान गरिनेछ ।

महिला हाफ म्याराथनमा विजेताले रु एक लाख ५० हजार, उपवजेताले रु एक लाख, तेसो हुनेले रु ८० हजार, चौथो हुनेले रु ५० हजार र पाँचौँ स्थान प्राप्त गर्नेले रु ३० हजार पुरस्कार पाउनेछन् । अन्य विधामा पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । गत संस्करणमा पुरुष म्याराथनमा अनिश थापामगर र महिला हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ विजेता बन्नुभएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार