मुख्य समाचार
७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन |

तार्केश्वर मेयर रनिङ सिल्ड सुरु

Ujyalosandeshonline 12443+ समाचार ( )
१८ मंगशिर २०८१, मङ्गलबार

काठमाडौं । तार्केश्वर नगरपालिकाको आयोजनामा तेश्रो मेयर रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । मंलबारदेखि ‘खेलतार्केश्वरको, सन्देश एकताको’ को भन्ने मुल नारासाथ सुरु भएको प्रतियोगिताको उद्घाटन अघि धर्मस्थलीस्थित आयोजक नगरपालिकाको कार्यालयबाट पिपलडाँडा तुसाल खेल मैदानसम्म ¥याली निकालिएको थियो । 

¥याली मैदानमा पुगेपछि उद्घाटन कार्यक्रम सुरु भएको थियो । तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले प्रतियोगिताको उद्घाटन गरे ।

उद्घाटनका अवसरमा सहभागी विद्यालयका टोलीले मार्च पास्ट गरेका थिए भने कपन टाइगरको टोलीले आकर्षक तेक्वान्दोको प्रस्तुती प्रस्तुत गरेको थियो । सेक्रेड हार्टका विद्यार्थीले एरोबिक नृत्य प्रस्तुत गरेका थिए ।

पहिलो दिनछात्र फुटबल तर्फ २ खेल भयो । उद्घाटन खेलमा श्रृजनाज्ञान सागरले नर्थ भ्यालीलाई २–० गोलले पराजित ग¥यो । अर्को खेलमा कालीदेवीले किन्डर गार्डेनलाई ७–० को फराकिलो गोल अन्तरले हरायो । छात्रमा ३६ तथा छात्रामा १९ टिम सहभागी छन् ।

विभिन्न १० खेल समावेश प्रतियोगितामा ५३ विद्यालयका ३ हजार ४ सय ५४ खेलाडी सहभागी छन् । फुटबल, भलिबल, कबड्डी, एथलेटिक्स, कराते, तेक्वान्दो, उसु, बास्केटबल, ब्याडमिन्टन र टेबल टेनिसको प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टिमलाई क्रमशः १ लाख, ६० हजार, ४० हजार र २० हजार नगद पुरस्कार प्रदान गर्ने कार्यक्रम संयोजक राजेन्द्र प्रसाद तिमिल्सनाले जानकारी दिए । गत संस्करणमा लालीगुराँस नेसनल एकेडेमी टिम च्याम्पियन बनेको थियो । पहिलो संस्कणमा हिमरश्मि पहिलो भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार