भैरहवा । आइतबार भएको सडक
दुर्घटनामा एक जना भारतीय युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत जिल्ला महाराजगंज आदर्शनगर बस्ने ३० वर्षीय गोलु मधेसिया रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी
मनोहर प्रसाद भट्टले जानकारी दिए ।
मधेशिया सहित सोहि ठाउ बस्ने १७ वर्षीय आदर्श मधेसिया र ८ वर्षीय नेन्सी मधेसिया बुटवल बाट भैरहवा तर्फ जादै गरेको अवस्थामा युपी ५६एबी०४७७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित
भई रुपन्देही तिलोत्तमा नगरपालिका वडा न. १५
कोटिहवामा दुर्घटनामा परेका थिए । दुर्घटना पछी उपचारको
क्रममा गोलु मधेसियाको साझ ६ बजे मृत्यु भएको डीएसपी भट्टले बताए ।
दुर्घटना घाइते भएका अन्य २ जनाको थप उपचारको लागि आफन्तले भारत लागेको उनले बताए
।