मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

महिला सशक्तिकरण कांग्रेसको महत्वपूर्ण एजेन्डा : नेता निधि

Ujyalosandeshonline 11768+ समाचार ( )
७ फाल्गुन २०८१, बुधवार

जनकपुर ।  नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मधेश प्रदेशमा महिला नेतृत्वको अवस्था, अवसर र चुनौतीको बारेमा महत्वपूर्ण धारणा व्यक्त गरेका छन् । नेपाली कांग्रेस महिला विभागद्वारा जनकपुरधामस्थित कांग्रेस कार्यालयमा आयोजित ‘नेपाली कांग्रेस महिला नेतृत्वको अवस्था, अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले महिला नेतृत्वको समृद्धिको लागि कांग्रेसको प्रतिबद्धता र कसरतको महत्त्वमा जोड दिएका हुन् । 

नेपाली कांग्रेस महिला विभागकी प्रमुख पुष्पा भुसालको नेतृत्वमा कांग्रेसी महिलाहरुको सशक्तिकरण, राजनीतिक सहभागिता र निर्णय निर्माण प्रक्रियामा समावेशीकरणका बारेमा गहन छलफल गरिएको थियो । नेता निधिले महिलाहरुको सशक्तिकरणलाई पार्टीका लागि एक महत्वपूर्ण एजेन्डा भएको बताउँदै समाजको सबै क्षेत्रका महिलाहरुको उचित प्रतिनिधित्वको आवश्यकता व्यक्त गरे ।

‘महिला नेतृहरूको सशक्तिकरण र उनीहरूको भूमिका सुनिश्चित गर्ने प्रक्रिया नेपाली कांग्रेसको प्राथमिकतामा पर्छ,’निधिले भने, ‘हाम्रो उद्देश्य हो महिला नेतृहरुलाई नेतृत्वको उच्च स्थानमा पुर्याउनु र उनीहरूको सक्रिय सहभागितालाई प्रोत्साहन गर्नु हो । यसले पार्टीको समृद्धि र समाजको सुधारमा टेवा पुर्याउँछ ।’

निधिले मधेश प्रदेशका महिला नेतृहरूको योगदानको उच्च मूल्यांकन गर्दै, ‘मधेशमा महिला नेतृहरूले पार्टीको नीति र कार्यक्रमको प्रचार प्रसारमा ठूलो भूमिका खेलेका छन्,’भने । उनले थपे, ‘हामीलाई गर्व छ कि हाम्रो पार्टीमा महिला नेतृहरू क्रियाशील छन् । र, आफ्नो स्थान पक्का बनाउन सक्षम छन् ।’

नेता निधिले महिला नेतृहरूको सक्रियता र योगदानको कदर गर्दै पार्टीको समृद्धिका लागि सशक्त कदम चाल्ने कुरामा विश्वास व्यक्त गरे । उनले आगामी चुनावमा कांग्रेसी महिलाहरुको नेतृत्व अझ प्रगति गर्ने र महिलाहरुको नेतृत्वमा पार्टीलाई नयाँ उचाईमा पुर्याउने कुरामा विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार