मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

ओमसतिया गाउँपालिका पूर्ण खोप र शतप्रतिशत संस्थागत सुत्केरी सुनिश्चित स्थानीय तह घोषणा

Ujyalosandeshonline 12457+ समाचार ( )
११ वैशाख २०८३, शुक्रबार

भैरहवा । रूपन्देहीको ओमसतिया गाउँपालिकाले जनस्वास्थ्यको क्षेत्रमा एउटा महत्वपूर्ण कोशेढुङ्गा पार गर्दै आफूलाई पूर्ण खोप र शतप्रतिशत संस्थागत सुत्केरी सुनिश्चित भएको स्थानीय तह घोषणा गरेको छ। गाउँपालिकाभित्रका ५ वर्षमुनिका सबै बालबालिकाले राष्ट्रिय तालिका अनुसारका खोप प्राप्त गरेको र गर्भवती महिलाहरूले सुरक्षित रूपमा स्वास्थ्य संस्थामै पुगेर सुत्केरी सेवा लिएको सुनिश्चित भएपछि यो ऐतिहासिक घोषणा गरिएको हो।

जिल्ला समन्वय समिति रूपन्देहीका प्रमुख उमाकान्त चपाईंको प्रमुख आतिथ्यता तथा गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवको अध्यक्षतामा आयोजित एक भव्य समारोहका बिच यो महत्वपूर्ण उपलब्धि सार्वजनिक गरिएको हो। घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले स्वास्थ्य क्षेत्रको यो सफलतालाई दिगो बनाउन गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि कुनै पनि बालबालिका र गर्भवती महिला आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित नहुने वातावरण निर्माण गर्ने दृढता व्यक्त गर्नुभयो। गाउँपालिकाले यो उपलब्धिलाई संस्थागत गर्न प्रत्येक वर्ष वैशाख महिनामा 'सुनिश्चितता कार्यक्रम' आयोजना गर्ने निर्णय समेत गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि उमाकान्त चपाईंले ओमसतियाको यो प्रगति सराहनीय रहेको चर्चा गर्दै औषधि खरिद र गुणस्तरका चुनौतीहरूलाई चिर्न कर्मचारीहरूलाई थप जिम्मेवार बन्न निर्देशन दिनुभयो। उहाँले स्वास्थ्यकर्मी र कर्मचारीका व्यावहारिक समस्याप्रति सहानुभूति राख्दै प्रविधिको प्रयोग, डिजिटल हाजिरी र पदीय मर्यादालाई कडाइका साथ पालना गर्न जोड दिनुभयो। प्रशासनिक सुधार र सेवा प्रवाहका विषयमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीले कर्मचारीहरूलाई आफ्नो कार्यशैलीमा आमूल परिवर्तन ल्याउन कडा निर्देशन दिनुभयो। विद्युतीय हाजिरी अनिवार्य गरिएको उल्लेख गर्दै उहाँले कर्तव्य पालनामा लापरबाही गर्नेलाई कुनै छुट नहुने र जनताले औँला उठाउन नसक्ने गरी पारदर्शी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो।

स्वास्थ्य शाखा प्रमुख दिपक ज्ञवालीले खोपको अवस्थाबारे विस्तृत प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा उत्कृष्ट कार्य गर्ने स्वास्थ्यकर्मी र सेवाबाट अवकाश प्राप्त महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गरिएको थियो। गाउँपालिका उपाध्यक्ष सुनिता चौधरी, प्रकाश सिंह चौधरी र शिक्षा शाखा प्रमुख माधव राज पौडेलले शुभकामना मन्तव्य राख्दै यस उपलब्धिले गाउँपालिकाको शिर उचो बनाएको बताउनुभयो। सस्मिता खत्रीले सञ्चालन गर्नुभएको यो घोषणासँगै ओमसतिया गाउँपालिकाले जनस्वास्थ्य र सुरक्षाको क्षेत्रमा नमुना स्थानीय तहको रूपमा आफूलाई स्थापित गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार