मुख्य समाचार
सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना | गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला | बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह | असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान | नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै | नेपाली महिलाको भावना र आस्थाको धरोहर ‘तीज’: गगन थापा | विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौंः शिक्षामन्त्री पोखरेल |

"मन्त्रीमा नयाँ अनुहार माग्दा कारबाही, लोसपाका नेता गुप्तासहित १५३ जनाद्वारा पार्टी परित्याग"

Ujyalosandeshonline 12315+ समाचार ( )
३० श्रावण २०८२, बिहीबार

भैरहवा । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका पूर्व केन्द्रीय सदस्य तथा युवा नेता महेन्द्र गुप्ता (प्रशान्त) ले पार्टीमा लोकतन्त्रको गम्भीर अभाव रहेको आरोप लगाउनुभएको छ । बिहीबार रुपन्देहीको भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टीको नाम 'लोकतान्त्रिक' भए पनि व्यवहारमा अलोकतान्त्रिक र विभेदकारी रहेको दाबी गर्नुभयो ।

आफूमाथि गरिएको कारबाहीको विरोध गर्दै गुप्ताले पार्टीभित्र लोकतान्त्रिक पद्दति अनुसार मन्त्री चयन हुनुपर्ने र नयाँ अनुहारलाई अवसर दिनुपर्ने माग राख्दा स्पष्टीकरणको मौकासमेत नदिई निष्कासन गरिएको बताउनुभयो । "एक युवा (माननीय कन्हैया बनिया) लाई यसपटक मौका दिनुपर्छ भनेर आवाज उठाउँदा मलाई कुनै स्पष्टीकरण नसोधी पार्टीबाट निष्कासन गरियो," उहाँले भन्नुभयो, "आफ्नो ज्यानको बाजी लगाएर आन्दोलनमा होमिएको सिपाहीमाथि केही नेताको लहडमा कारबाही गर्नु कहाँसम्मको न्याय हो ?"

नेता गुप्ताले लोसपाका केही नेताले पार्टीलाई 'प्राइभेट कम्पनी' जस्तै चलाएको र मधेश आन्दोलनको भावना तथा आन्दोलनकारीको योगदानलाई बिर्सिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, "पार्टीमा सत्ता केन्द्रित राजनीति हावी भयो, पुस्तान्तरण र नयाँ पिढीलाई अवसर दिने कुरा नारामा मात्र सीमित रह्यो ।"

एकै व्यक्तिलाई पटक-पटक मन्त्री बनाइएको र त्यसको विरोध गर्दा आफूलाई निशाना बनाइएको उहाँको भनाइ थियो । "चारपटक प्रदेशको मन्त्री बनेका व्यक्तिको रिपोर्ट कार्ड खोइ ? कसको दबाबमा एउटै व्यक्तिलाई प्रत्येक पटक मन्त्री बनाइयो ?" भनी प्रश्न गर्दै उहाँले पार्टी नेतृत्वको तानाशाही प्रवृत्तिको निरन्तर विरोध गरिरहने उद्घोष गर्नुभयो ।  

फरक मत राख्दा अलोकतान्त्रिक व्यवहार भोग्नुपरेको बताउँदै गुप्ताले आफ्नो निष्ठामा प्रहार हुँदैमा आफू कमजोर नहुने बताउनुभयो । "मधेशको कुनाकुनामा गएर मधेशी जनताको घाउमा मल्हम लगाउन मलाई कसैले रोक्न सक्दैन," उहाँले भन्नुभयो ।

नेता गुप्ताले निकट भविष्यमै नयाँ प्रक्रिया र पद्दतिबाट पुनः समाजसेवामा सक्रिय रहने र देश तथा मधेशको हितमा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । पत्रकार सम्मेलनमा उहाँले बिहीबार नै रुपन्देहीमा १५३ जनाले लोसपाबाट सामूहिक राजीनामा दिने जानकारीसमेत दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार