मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघको लुम्बिनी प्रदेश अध्यक्षमा पोखरेल

Ujyalosandeshonline 11768+ समाचार ( )
२९ वैशाख २०८१, शनिबार

बुटवल । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान) लुम्बिनी प्रदेश अध्यक्षमा रुपन्देहीका सिए छविलाल पोखरेललाई चयन गरिएको छ । संघको शनिबार बुटवलमा सम्पन्न अधिवेशनबाट प्रदेश तथा रुपन्देही जिल्लाको कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । अधिवेशनबाट प्रदेश समितिको सचिवमा सिए उपेन्द्र न्यौपाने (बाँके), कोषाध्यक्षमा सिए सुशील ज्ञवाली (रुपन्देही), सलस्यहरुमा सिए बालकृष्ण पाण्डे (रुपन्देही) र सिए दीपक सेटी (दाङ) लाई चयन गरिएको निर्वाचन समितिका संयोजक वरिष्ठ सिए रुपेश महेश्वरीले जानकारी दिनुभयो ।

त्यसैगरी रुपन्देहीको अध्यक्ष पदमा सिए कमल ज्ञवालीलाई चयन गरिएको छ । उपाध्यक्ष पदमा सिए महेश घिमिरे, सचिवमा सिए सगुन खनाल, कोषाध्यक्षमा सिए विजय न्यौपानेलाई चयन गरिएको छ । जिल्ला कार्यसमिति सदस्यहरुमा सिए सन्तोष न्यौपाने, सिए ध्रुव पौडेल, सिए केशव बस्याल, सिए अच्युत पाण्डे, सिए सुमन नेपाललाई चयन गरिएको निवर्तमान अध्यक्ष सिए प्रदिप भट्टराईले जानकारी दिनुभयो ।

शनिबार नै केन्द्रीय ३५ औं अधिवेशन अन्तरगत लुम्बिनी प्रदेशको निर्वाचन बुटवलमा भएको छ । सिए हरि लम्सालका अनुसार निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । एक्यानमा लुम्बिनी प्रदेशमा रहेका १०९ जना मध्ये ९१ जनाले मतदान गरेको केन्द्रीय प्रतिनिधि दीपक ज्ञवालीले जानकारी गराउनु भयो । एक्यानको नेतृत्व लिनको लागि केन्द्रीय अध्यक्ष पदमा सिए रमेश धिताल र सिए अरुण राउत प्रतिस्पर्धामा हुनुहुन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार