मुख्य समाचार
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त |

धकधई प्रहरीद्वारा आठ किलो चाँदीसहित सुनका गहना बरामद

Ujyalosandeshonline 12457+ समाचार ( )
२४ असार २०८१, आइतबार

भैरहवा । रुपन्देही प्रहरीले भन्सार छलेर भित्र्याइएको ८ किलो चाँदीसहित ७ तोला सुनका गहना बरामद गरेको छ । रुपन्देही प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौंरका अनुसार इलाका प्रहरी कार्यालय, धकधईबाट खटिएको टोलीले रोहिणी गाउँपालिका–७ बाट उक्त परिमाणका विभिन्न गहना बरामद गरेको हो ।

प्रहरीले ७ तोला १० लाल ७ प्वाइन्ट सुनका गहना, साठे ८ किलो चाँदीका विभिन्न गहना र पित्तल जस्तो पहेंलो धातुबाट बनेका गहना बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानबाट भारतमा गहना बनाएर नेपाल भित्र्याइएको आशंकामा छानबीन अगाडि बढाइएको उनले बताए ।

राठौंरका अनुसार युपी५६एडी ८०३६ नम्बरको मोटरसाइकलसहित भारतको महाराजगन्ज जिल्ला नौतनुवास्थित कुरहवाका उपेन्द्र वर्मालाई समेत नियन्त्रणमा लिइएको छ । उनको मोटरसाइकल जाँच गर्नेक्रममा उनका साथबाट चाँदी र गरगहना बरामद भएका थिए ।

प्रहरीले पक्राउ गरेका मोटरसाइकल चालक र उनीबाट बरामद सामग्रीलाई आवश्यक कारबाहीका लागि  भैरहवा भन्सार कार्यालय बुझाएको जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै