मुख्य समाचार
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त |

बुद्धको जन्म थलोको थप प्रचार गर्न सके धार्मिक पर्यटन वृद्धि हुन्छ : सभामुख

Ujyalosandeshonline 12457+ समाचार ( )
१० जेठ २०८१, बिहीबार

काठमाडौं । सभामुख देवराज घिमिरेले सिद्धार्थ गौतम बुद्धले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण गर्दै बुद्ध जन्मथलोको थप प्रचार प्रसार गरी देशमा धार्मिक पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् । 

२५६८ औं बुद्ध जयन्तीको अवसरमा आज स्वदेश तथा विदेशमा बस्ने नेपाली बौद्ध धर्मावलम्बीहरुलाई शुभकामना दिँदै उनले नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्ध अन्तर्राष्ट्रिय व्यक्तित्व र नेपालका राष्ट्रिय विभूति सँगै बुद्धलाई हिन्दूहरुले भगवान् विष्णुको अवतार र बुद्ध धर्मका संस्थापकका रुपमा मान्ने गरेको उल्लेख गरेका छन् । 

बुद्धले कठोरताबाट नभई जीवन र लक्ष्यका बीच सन्तुलनको मध्य मार्ग अपनाएर सफलता प्राप्त हुने व्यावहारिक निष्कर्षको अवलम्बनबाट शान्तिको मार्ग पहिल्याएको भन्दै सभामुख घिमिरेले नेपालको सन्दर्भमा आज पनि बुद्धका उपदेशहरु प्रासंगिक रहेको बताएका छन् । उनले नेपाल सिद्धार्थ गौतमको जन्म थलो हो भनेर थप प्रचार गर्न सके देशमा धार्मिक पर्यटन वृद्धि हुने विस्वास व्यक्त गरेका छन् । 

‘अहिसा नै शान्ति र मैत्रीको आधारशिला हो जस्ता अनेकौ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको जन्मस्थानको प्रचार प्रसार गर्न सके मुलुकमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न सहयोग हुने विश्वास लिएको छु’ उनले भनेका छन् । 

यस्तै, घिमिरेले बुद्ध जयन्तीले देशमा शान्ति, राष्ट्रिय एकता तथा पारस्परिक एकतालाई थप मजबुत बनाउन सबैलाई प्रेरित गर्न सकोस् भन्ने कामना पनि गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार