मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

डा.सीके राउतको ‘वैरागदेखि बचावसम्म’माथि वहस

Ujyalosandeshonline 11540+ समाचार ( )
७ भाद्र २०८१, शुक्रबार

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले आफ्नो आत्मकथा सम्बन्धी पुस्तक ‘वैरागदेखि बचावसम्म’ लोकार्पण गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच उक्त पुस्तक लोकार्पण गरिएको हो । 

राउतले पुस्तक इतिहासको एउटा कालखण्ड र दस्तावेज भएको भन्दै यसमा विगतको अवस्था परिस्थितीको बारेमा व्याख्या गरिएको बताए । 

उनले भने, ‘किताब नयाँ होइन, तेस्रो संस्करण हो । किताब अमेरिकामा लेखिएको थियो र अंग्रेजीमा नै लेखिएको थियो । इतिहासको एउटा कालखण्ड, दस्तावेज हो । विगतको अवस्था र परिस्थिती के थियो त्यो सबैका लागि जस्ताको त्यस्तै यसमा राखिएको छ ।’

कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेपालको समग्र राज्य व्यवस्था बदल्नुपर्ने भन्दै राज्य व्यवस्था परिवर्तन गर्नकै लागि आफू लागिपरिरहेको बताए । 

उनले  भने, ‘नेपालको जुन सम्रग राज्य छ त्यसमा दुईवटा विम्वबीच देशमा बनेको छ । सबैका अनुभूतिहरु उस्ताउस्तै छन् । हाम्रो पुस्ता राज्य व्यवस्थालाई बदल्नको लागि लाग्यो । बाँकी रहेका कामहरु लडेर परिवर्तन गरेका हौं । नेपालको राज्य व्यवस्था बदल्नुपर्छ भनेर नै अहिलेसम्म लागिपरिरहेका छौं ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार