मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

पाल्हीनन्दन गाउँपालिकाद्वारा बेलासपुर चोक व्यवस्थित र सुन्दरीकरण गर्ने अभियान सुरु

Ujyalosandeshonline 11768+ समाचार ( )
२१ पौष २०८२, सोमबार

नवलपरासी । नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले बढ्दो सवारी दुर्घटना न्यूनीकरण र बजार व्यवस्थापनका लागि सदरमुकाम बेलासपुर चोकलाई व्यवस्थित एवं सुन्दरीकरण गर्ने काम अघि बढाएको छ । अव्यवस्थित चोकका कारण आधा दर्जनको मृत्यु र दर्जनौँ घाइते भएको जनगुनासो बढेपछि गाउँपालिकाले सर्वपक्षीय भेलामार्फत निर्णय गर्दै चोक सुधारको ठोस कदम चालेको हो ।

गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताको नेतृत्वमा वडा अध्यक्ष, प्रशासनिक टोली र सुरक्षाकर्मीसहितको टोलीले सडकको दुवैतर्फ ५०/५० फिट मापदण्डभित्र रहेका अवैध अस्थायी संरचना, टहरा, पान ट्याङ्की तथा ठेलाहरू हटाउन रेखाङ्कन कार्य सुरु गरेको छ । सडक छेउमा सञ्चालित पसलले आवागमनमा अवरोध पुर्‍याएको र दुर्घटनाको जोखिम बढाएको भन्दै पालिकाले ती संरचना हटाउन आग्रह गरेको छ ।

योजना अनुसार बेलासपुरको जीर्ण पुलको दुवैतर्फ पैदल यात्रीका लागि ४/४ फिटको फलामको रेलिङसहितको फुटपाथ निर्माण गरिनेछ भने अव्यवस्थित तरकारी बजारलाई सशस्त्र प्रहरी चेकपोस्ट पछाडिको सार्वजनिक जग्गामा स्थानान्तरण गरिनेछ । साथै, चोकको सुन्दरीकरणका लागि नहर सरसफाइ, रुखमा रङरोगन, टावर लाइट जडान, जेब्रा क्रसिङ र ट्राफिक बिट निर्माणजस्ता कार्यहरू अघि सारिएको छ । प्रदेशसभा सदस्य, प्रशासकीय अधिकृत र सुरक्षा निकायका प्रमुखहरूसहितको छलफलबाट आएको यो सकारात्मक पहलले स्थानीय बासिन्दामा अब बेलासपुर चोक सुरक्षित र सुन्दर बन्ने आशा पलाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार