मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

कपिलवस्तुको चन्द्रौंटामा ग्रीन ज्याकपट क्यासिनो सञ्चालन

Ujyalosandeshonline 12537+ समाचार ( )
१६ श्रावण २०८१, बुधवार

भैरहवा  ।  भारतीय पर्यटक आकर्षित गर्ने उद्देश्यले कपिलवस्तुको चन्द्रौंटामा ग्रीन ज्याकपट क्यासिनो सञ्चालनमा आएको छ । चन्द्रौंटास्थित चारतारे सिद्धार्थ लुम्बिनी ग्रीन रिर्सोटमा बुधबारबाट उक्त क्यासिनो सञ्चालनमा आएको हो ।  कपिलवस्तुमा पहिलोपटक क्यासिनो सञ्चालन भएपछि भारतीय पर्यटक बृद्धि हुने विश्वास गरिएको छ । 

चन्द्रौटामा सञ्चालनमा रहेको सिद्धार्थ लुम्बिनी ग्रीन रिर्सोटमा आकर्षक गेमिङ सुविधासहित क्यासिनो संचालनमा आएको हो । सञ्चालनमा आउने बित्तिकै कृष्णनगर लगायत नाका भएर क्यासिनो खेल्न आउने भारतीय पर्यटकको संख्या उल्लेख्य बृद्धि हुने सञ्चालकले जनाए । 

एक अर्ब रुपैयाँ लगानीमा सञ्चालनमा आएको उक्त रिर्सोटमा आधिकारिक रुपमा बुधबारबाट क्यासिनो सञ्चालनमा आएको हो । प्रत्यक्ष ५ सय र अप्रत्यक्ष एक हजार जनालाई रोजगारी उपलब्ध गराउने गरि १५ करोड रुपैयाँ लगानीमा क्यासिनो सञ्चालनमा ल्याइएको क्यासिनोका अध्यक्ष राजकुमार भट्टराईले जानकारी दिए । 

क्यासिनोका म्यानेजिङ डाइरेन्टर राजिव आचार्यले प्रतिदिन ५ सय भारतीय पर्यटकलाई सेवा दिनेगरि क्यासिनो सञ्चालनमा आएको जनाए । चन्द्रौंटा र कृष्णनगरलाई पर्यटकीय हवका रुपमा बिकास गर्न सिद्धार्थ लुम्बिनी ग्रीन रिर्सोटले क्यासिनो सञ्चालनमा ल्याएको आचार्यले बताए । क्यासिनो सञ्चालनले कृष्णनगरबाट मुलुक भित्रिने पर्यटकले गेमिङका लागि लुम्बिनी भैरहवा र नेपालगन्ज सहर जानुपर्ने बाध्यता अन्त्य भएको उनले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार