कफ्र्युले बिरगंज सुनसान, सेना परिचालन

Ujyalosandeshonline 11144+ समाचार ( )
३० चैत्र २०८१, आइतबार

दिपेश पौडेल 

पर्सा । पर्सामा दुई पक्ष बिच झडप भए पछि लगाइएको कफ्र्युका कारण आईतवार बिहान बिरगंज सुनसान देखिएको छ । हनुमान जन्मोत्सवमा शनिबार निकालिएको शोभायात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाए पछि दुबै पक्ष बिच झडपमा भएको थियो । 

दुई पक्ष बिच झडपभएपछि स्थानीयप्रशासनले शनिबार बेलुकी ६ः३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्मकालागिकफ्र्यु लगाएको हो । अहिले पनिकफ्र्यु जारी छ भने सडकतथा चौकमाबाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कफ्र्यु लगाएको क्षेत्रमा नेपाली सेना पनि परिचालन गरीएको पुष्टि गरेका छन । उनका अनुसार स्थानीय प्रशासन ऐन ,२०२८ को दफा ६ (क) बमोजिम कफ्र्यु आदेश जारी गरेको हो । पुर्वमा भेडियाहि चौक , पश्चिममा सिर्सया पुल , उतरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेट सम्म कफ्र्यु आदेश जारी भएको उनले जानकारी दिए । बिरगंजको अवस्था हेरेर कफ्र्युको समय थप गर्ने वानगर्ने निणयलिइने उनले बताए ।

हिजो भएको झडपमा पर्साका प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र, सशस्त्रप्रहरी बल नम्बर १३ गण हेडक्वार्टर पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) देवेन्द्र सिंह सहित २५ जनाघाइते भएको बुझिएको छ । प्रदर्शनकारीतर्फ १५ जनाघाइते भएको सिडिओ अर्यालले जानकारी दिए । घाइतेहरूको वीरगञ्जस्थित नारायणी अस्पताल, गण्डक अस्पताल र अन्य निजी अस्पतालमा उपचार भइरहेको उनले बताए ।

यो सँगै कफ्र्यु पालना गराउने क्रममा प्रहरीले चलाएको गोली लागेर एक वृद्ध घाइते भएकाछन् । वीरगन्ज–१६ का वृद्ध हरिन्द्र राउत अहिरको हातमा गोली लागेको छ । उनको उपचार नारायणी अस्पतालमा भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले  कफ्र्यु अवधिभर सर्वसाधारणलाई घर बाहिर ननिस्कन अनुरोध गरेको छ । तर, दमकल, खानेपानीआपूर्ति, बिरामीबोकेको एम्बुलेन्स, स्वास्थ्यकर्मी, फोहोर व्यवस्थापन मा प्रयोग हुने सवारीसाधन, दूधबोकेको गाडी तथा पूर्व निर्धारित परीक्षामा सहभागी विद्यार्थीहरूलाई प्रवेश पत्र देखाएर आवत जावत गर्न छुट दिइएको छ । दुई समुदायबीचउत्पन्न परिस्थितिलाई लिएर प्रमुख जिल्ला अधिकारी आचार्यले सर्वदलीय बैठक डाकेका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार