मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

‘बंगलादेशको जस्तो अवस्था नेपालमा पनि आउन सक्छ’

Ujyalosandeshonline 12547+ समाचार ( )
२३ श्रावण २०८१, बुधवार

काठमाडौं । नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलाले विचारधारात्मक रुपमा फरक भएका कारण मोहन वैद्यसँगै अगाडि जान नसकिएको बताएका छन् । 

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले विचार मिल्नेसँग एकता र सहकार्यलाई जारी राख्ने भन्दै विचारधारात्मक रुपमा पुनर्गठन गर्दै वर्ग संघर्षलाई अगाडि बढाउने बताए । 

उनले भने, ‘वर्ग संघर्षलाई नयाँ उचाईमा उठाउन किरण कमरेडले नेतृत्व गरेको पार्टी र हाम्रो पार्टीबीच भएकता भएको हो । तर, उहाँ जडसुत्रवादी सोँचभन्दा माथि उठ्न सक्नु भएन । युवाले कम्प्युटर मागेको छ, उहाँले हसिया दिएर घाँस काट्न पठाउने तरिकाले एकता सफल हुन सकेन ।’

बास्तोलाले नेपाली काँग्रेस र नेकपा एमाले पश्चगामी शक्ति भएको बताउँदै उनीहरुले संविधान संशोधनको नाममा पछाडि फर्किन खोजेको दाबी समेत गरे । 

उनले भने, ‘नेपाली काँग्रेस र एमाले पश्चगामी राजनीतिक पार्टी हुन्, गणतन्त्र ल्याउन यी पार्टीका मुख्य नेताहरुको कुनै भूमिका छैन, अहिलेको परिवर्तन उनीहरुलाई मन परेको छैन, संविधान संशोधनको नाममा २०४७ भन्दा पछाडि फर्किन चाहन्छन् ।’ 

उनले नेपाली शासक पनि शेख हसिनाकै बाटोमा रहेको बताउँदै बास्तोलाले जनता आजित भइसकेको र नेपाली शासकहरुले दमनको बाटो रोजे भने बंगलादेशको जस्तै अवस्था आउन सक्ने बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार