मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

कालीमाई मन्दिरको अक्षय कोषका लागि महायज्ञ

Ujyalosandeshonline 12444+ समाचार ( )
२७ चैत्र २०८१, बिहीबार

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ वेतखोल्सिमा श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरुभएको छ । श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ मुल आयोजक समारोह समिति कालीमाई मन्दिर हेटौँडा–९ वेतखोल्सिको आयोजनामा धार्मिक विधि अनुसार उद्घाटन भएको हो । 

ओम वैदिक सनातन धर्मको संरक्षण,सम्बद्र्धन गरि मूलतः हेटौँडा उपमहानगरपालिका वडा नं–९ को धरोहरको रूपमा रहेको कालीमाई मन्दिरको  अक्षय कोष स्थापनार्थको उद्देश्यका साथ आयोजित महायज्ञको उद्घाटन हेटौँडा उपमहानगरपालिकाकि मेयर मिना कुमारी लामाले गरेकी थिइन् । 

उद्घाटन पूर्वत्रिवेणी धामबाट झन् ल्याएर भागवत पुराण हुने स्थान कालिमाई मन्दिर परिषद्सम्म सयौ भक्तजनहरुको सहभागितामा कलश यात्रा गरिएको थियो । मेयर मिना कुमारी लामाले भागवत पुराण सबै जातजाती र अन्य धर्मप्रति आस्था राख्ने जोकोहीले पनि श्रवण गर्नुपर्ने शास्त्र भएकोले सुनिदिन र सप्ताहलाई सफल पारिदिन आग्रह गरिन् । 

प्रमुख कथा वाचनका रूपमा आचार्य पं गुरू यदु कुमार अधिकारी छन् । प्रत्येक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म मण्डप पूजा ८ देखि १० सम्म भागवत् पाठ पारायण, ११ देखि ४ बजेसम्म कथा प्रवचन,साँझ ७ बजे देखि १० बजेसम्म एक अध्याय महतमे कथा, देव लिला झाँकी, चेतनामूलक नाटक लागायतका कर्यक्रम रहेको मन्दिर व्यवस्थापन समिति सदस्य सानु कार्की खड्काले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार