मुख्य समाचार
लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग | पर्यटन प्रर्द्धनका लागि ‘नेपाल बुझ्न गोरखा जाऔँ’ अभियान | स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने | पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो | केरा खेतीबाट आत्मनिर्भर बन्दै बोरुङका किसान | रगतको अभाव हुन नदिन रक्तदान महोत्सव जेठ ३० मा आयोजना हुने | रासायनिक मल उठाउन तथा वितरण प्रक्रियामा आवश्यक समन्वय गर्न निर्देशन | टिपर दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते | मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द | बिमा दाबी गर्न सुनचाँदी चोरीको नाटक |

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

Ujyalosandeshonline 11513+ समाचार ( )
११ जेठ २०८२, शनिबार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयसँग सम्बन्धित पछिल्ला घटनाक्रमबारे सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै गृह मन्त्रालयले स्पष्टिकरण दिएको छ । मन्त्रालयले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै ती समाचारहरू कपोलकल्पित, भ्रामक र आधारहीन भएको दाबी गर्दै खण्डन गरेको हो ।

‘मन्त्रालयको नेतृत्व कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा संलग्न छैन र भविष्यमा पनि संलग्न हुने छैन,’विज्ञप्तिमा उल्लेख गरिएको छ । मन्त्रालयले सत्यतथ्य जानकारीका आधारमा मात्र समाचार प्रकाशन तथा प्रसारण गर्न मिडिया हाउस र आम सर्वसाधारणलाई आग्रह गरेको छ ।

विज्ञप्तिमा मन्त्रालयले शान्ति, सुरक्षा र सुशासन कायम गर्न गृह प्रशासन निरन्तर क्रियाशील रहेको जानकारी दिएको छ । साथै, सबै प्रकारका अनियमितता तथा अपराधका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै नीतिगत तथा संस्थागत सुधारको प्रक्रिया अघि बढाइरहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयसम्बन्धी मुद्दामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्वारा छानबिन भइरहेको भन्दै अनुसन्धान पूरा भएपछि सत्यतथ्य बाहिर आउने मन्त्रालयले जनाएको छ । मन्त्रालयले छानबिन प्रक्रियामा आयोगलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार