मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

‘कानुनी राज्यको स्थापनाका लागि गृहमन्त्रालय रोजेको हुँ’

Ujyalosandeshonline 10783+ समाचार ( )
२३ फाल्गुन २०८०, बुधवार

काठमाडौं । नवनियुक्त  उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले देशभर अतिक्रमणमा परेका सरकारी जग्गा फिर्ता  गरि जग्गा हडप्नेलाई कारबाही गर्न निर्देशन दिएका छन् । 

बुधबार गृहमन्त्रीको पदभार ग्रहण गर्दै लामिछानेले निवर्तमान गृहमन्त्री  नारायणकाजी श्रेष्ठले निर्णयलाई निरन्तरता दिँदै ७७ वटै जिल्लामा मासिएको सरकारी जग्गा फिर्ता गरि सो कार्यमा संलग्नलाई कारबाही गर्ने बताए । 

उनले भने ‘हामीले गर्ने निर्णयले समाजमा कुनै न कुनै प्रभाव पार्छन् ।  यसअघि नै निर्णय भएको छ । कसैले अनधिकृत रूपमा देशको जग्गा, सरकारको जग्गा, सरकारको सम्पत्ति हडपेर बसेको छ भने, त्यसलाई निर्ममभन्दा निर्मम कारबाही गर्न म निर्देशन दिन चाहन्छु र त्यो जग्गा तत्काल फिर्ता गराउने प्रतिबद्धता जनाउँछु ।’

लामिछानेले विगतका मन्त्रीहरुको जस्तै निरन्तरता मात्रै होस् भन्ने सोच बनाएर गृह मन्त्रालय रोजेको नभई फरक किसिमले आम नागरिकले महसुस गर्नसक्ने गरी काम गर्न सकिन्छ भन्ने आत्माविश्वासका आफूले गृह मन्त्रालयको कार्यभार दाबी गरे । 

उनले त्यस अवसरमा आफ्नो कुनै पनि दबाब र प्रभावमा नपरी कानुनी राज्यको स्थापनाका लागि काम गर्न पनि मातहतका निकायलाई निर्देशन दिए । उपप्रधानमन्त्री लामिछानेले कानूनी राज्य स्थापना गर्ने सिलसिलामा कुनै पनि राजनीतिक प्रभावमा नपरी काम गर्न पनि सम्बन्धित निकायलाई सचेत गराए । उनले आफ्नो नभई आम नागरिकको सुरक्षाका चिन्तित हुन पनि सुरक्षा निकायका सबै अधिकारीहरुलाई अपिल गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार