मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

‘कानुनी राज्यको स्थापनाका लागि गृहमन्त्रालय रोजेको हुँ’

Ujyalosandeshonline 12612+ समाचार ( )
२३ फाल्गुन २०८०, बुधवार

काठमाडौं । नवनियुक्त  उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले देशभर अतिक्रमणमा परेका सरकारी जग्गा फिर्ता  गरि जग्गा हडप्नेलाई कारबाही गर्न निर्देशन दिएका छन् । 

बुधबार गृहमन्त्रीको पदभार ग्रहण गर्दै लामिछानेले निवर्तमान गृहमन्त्री  नारायणकाजी श्रेष्ठले निर्णयलाई निरन्तरता दिँदै ७७ वटै जिल्लामा मासिएको सरकारी जग्गा फिर्ता गरि सो कार्यमा संलग्नलाई कारबाही गर्ने बताए । 

उनले भने ‘हामीले गर्ने निर्णयले समाजमा कुनै न कुनै प्रभाव पार्छन् ।  यसअघि नै निर्णय भएको छ । कसैले अनधिकृत रूपमा देशको जग्गा, सरकारको जग्गा, सरकारको सम्पत्ति हडपेर बसेको छ भने, त्यसलाई निर्ममभन्दा निर्मम कारबाही गर्न म निर्देशन दिन चाहन्छु र त्यो जग्गा तत्काल फिर्ता गराउने प्रतिबद्धता जनाउँछु ।’

लामिछानेले विगतका मन्त्रीहरुको जस्तै निरन्तरता मात्रै होस् भन्ने सोच बनाएर गृह मन्त्रालय रोजेको नभई फरक किसिमले आम नागरिकले महसुस गर्नसक्ने गरी काम गर्न सकिन्छ भन्ने आत्माविश्वासका आफूले गृह मन्त्रालयको कार्यभार दाबी गरे । 

उनले त्यस अवसरमा आफ्नो कुनै पनि दबाब र प्रभावमा नपरी कानुनी राज्यको स्थापनाका लागि काम गर्न पनि मातहतका निकायलाई निर्देशन दिए । उपप्रधानमन्त्री लामिछानेले कानूनी राज्य स्थापना गर्ने सिलसिलामा कुनै पनि राजनीतिक प्रभावमा नपरी काम गर्न पनि सम्बन्धित निकायलाई सचेत गराए । उनले आफ्नो नभई आम नागरिकको सुरक्षाका चिन्तित हुन पनि सुरक्षा निकायका सबै अधिकारीहरुलाई अपिल गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार