मुख्य समाचार
‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ |
मुख्य समाचार
‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ |


बर्दिबासमा सौर्य ऊर्जा जडान गरिँदै

Ujyalosandeshonline 12206+ समाचार ( )
फोटो फाइल
४ पौष २०८२, शुक्रबार

महोत्तरी । बर्दिबास नगरपालिका-६ चौलिखामा २० मेगावाट विद्युत् उत्पादन हुने सौर्य ऊर्जा जडान गर्न सुरु भएको छ । टेरा सोल इनर्जी कम्पनीले नेपाल विद्युत् प्राधिकरणको स्वीकृत परियोजनाअनुसार उक्त आयोजनाको काम सुरु गरेको हो । छ महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको उक्त आयोजनाको लागत रु एक अर्ब २० करोड लाग्ने जनाइएको छ । बर्दिबास-६ र ७ का ८० भन्दा बढी किसानको ४० बिघा जग्गा ३० वर्षको भोगाधिकारसहितको भाडा (लिज) मा लिएर निर्माण कम्पनीले काम थालेको हो । 

छ महिनाभित्र २० मेगावाट विद्युत् उत्पादन गरी नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रिड महाशाखालाई हस्तान्तरण गरिने लक्ष्यका साथ काम थालिएको निर्माण कम्पनीका कार्यकारी निर्देशक पूजा चन्दले बताउनुभयो । आयोजना निर्माणको शुभारम्भ मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले बिहीबार एक समारोहबीच गर्नुभएको हो ।

निर्माण थालिएको सौर्य ऊर्जा जडानको काम निर्धारित समयमा सम्पन्न गरेर विद्युत् उत्पादन गर्ने योजना रहेको चन्दले बताउनुभयो । “हामीले काम सुरु गरिसकेकाले छ महिनाभित्र उत्पादन हुने अपेक्षा छ । उत्पादित विद्युत् ढल्केबर ग्रिड महाशाखालाई उपलब्ध गराउने छौँ”, उहाँले भन्नुभयो, “यहाँ उत्पादन हुने सौर्य ऊर्जाको विद्युत् महोत्तरी र धनुषाका १० हजारभन्दा बढी परिवारको उपयोगमा आउने छ ।”

काम सुरु भएसँगै चौलिखा वरपरका किसान खुसी भएका छन् । “हाम्रो लागि स्थानीयस्तरमा ठूलो आयोजनाको काम थालिएको छ, हामी खुसी छौँ”, बर्दिबास–७ का जगन्नाथ महतोले भन्नुभयो, “सिँचाइ नभएको बाँझो जग्गाको उपयोग हुनुका साथै हामीलाई आर्थिक लाभ पनि भएको छ ।” कम्पनीले प्रतिकट्ठा जग्गाको बर्सेनि रु चार हजार २५० भाडा दिने र प्रत्येक दुई वर्षमा १० प्रतिशत वृद्धि गर्ने सम्झौता भएको उहाँले जानकारी दिनुभयो ।

उक्त सम्झौता कम्पनी र किसानले बर्दिबास–६ वडा समितिको कार्यालयको रोहबरमा गरेका हुन् । आयोजनअन्तर्गत चार वटा ट्रान्सफर्मर, ६८ वटा इन्भर्टर र तीन लाख ३३ हजार सौर्य (सोलर) प्यानल लाग्ने कम्पनीले जनाएको छ । सौर्य ऊर्जा जडानबाट वातावरणमा प्रतिकूल प्रभाव नपर्ने र कम झन्झटिलो हुने विद्युत् क्षेत्रका विज्ञको भनाइ छ ।

“यो हामीकहाँ एकदम कम समयमा सफल हुने आयोजना हो, सौर्य ऊर्जा प्लान्ट जडानमा वातावरणीय प्रतिकूलता नहुने र कम समयमै उत्पादन लिन सकिने हुँदा यो प्रभावकारी हुनेछ”, ढल्केबर ग्रिड महाशाखाका प्रमुख श्रीनारायण मण्डलले भन्नुभयो, “यसले निर्धारित समयमा उत्पादन दिएर हामीलाई दिने विद्युत् महोत्तरी र धनुषाका सर्वसाधारणले उपभोग गर्नेछन् ।”

आयोजनाको शिलान्यास गर्दै मुख्यमन्त्री यादवले मुलुकको परिप्रेक्षमा विद्युतीय ऊर्जा समृद्धिको मुख्य आधारमध्ये एक रहेको उल्लेख गर्नुभयो । आयोजना सम्पन्न गर्न प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग र समन्वय गरिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

“यस्ता आयोजनालाई परिआउने सबै सहयोग प्रदेश सरकारले गर्छ”, मुख्यमन्त्री यादवले भन्नुभयो, “हामी यस्ता अन्य आयोजनाको स्वागतका लागि तयार छौँ ।” यो आयोजना निर्माणको थालनीले महोत्तरीको उत्तरी भेगका सयौँ नागरिकले रोजगारीको अवसर पनि पाउने जनाउँदै उहाँले रोजगारीका लागि स्थानीयलाई प्राथमिकता दिन निर्माण कम्पनीसँग अनुरोध गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार