मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

‘एक घर, एक धारा’ अभियान अन्तरगत ८८ धारा निमार्ण

Ujyalosandeshonline 12614+ समाचार ( )
२३ भाद्र २०८२, सोमबार

बाजुरा । बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर ७ मा ‘एक घर,एक धारा ’ अभियान अन्तरर्गत ८८ धारा निमार्ण गरिएका छन् । वडाको गुलढुङ्ग्रा–सिराडी, माथिल्लो–तल्लो सुनकाना,भुगाडिपाटा,गोपीसेरा लगायतका गाउँबस्तीमा खानेपानीका धाराहरु निमार्ण गरिएका हुन् । 

अन्य ठाउँमा खानेपानी योजनाको निर्माण कार्य गतिशील रूपमा अघि बढिरहेको छ । स्थानीय जनताको आधारभूत आवश्यकता,खानेपानीलाई उच्च प्राथमिकता राख्दै सबै गाउँबस्तीमा खानेपानीका धाराहरु निमार्ण कार्य गतिशील रूपमा अघि बढाइएको बडीमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।

वडाको गुलढुङ्ग्रा,सिराडी, माथिल्लो तल्लो सुनकाना,भुगाडिपाटा,गोपीसेरा लगायतका गाउँबस्तीमा खानेपानीका धाराहरु निमार्ण गरिएका छन् । बाँकी रहेका ठाउँमा खानेपानी निमार्ण कार्यलाई विभिन्न ठाउँमा समन्वय सहकार्य गरि अघि बढाईएको पाध्यायले बताए ।

गुलढुङ्ग्रा–सिराडीमा २० वटा खानेपानीका धारा, माथिल्लो–तल्लो सुनकानामा १६ धारा,भुगाडिपाटामा २५ धारा,गोपिसेरामा २३ वटा धारा,माउलेखमा  ३  र केलरुखमा १ गरेर ८८ वटा खानेपानीका धाराहरुको निमार्ण सम्पन्न गरिएको वडा अध्यक्ष पाध्यायले बताए । 

साथै, ढम्कने, रजातोली, खम्म, पोखरा, तलगाउँ र तल्लो सुनकानाका लागि पनि खानेपानी योजनाको निर्माण कार्य गतिशील रूपमा अघि बढिरहेको पाध्यायको भनाइ छ ।

घर घरमै खानेपानीका धारा निमार्ण पछि निकै सहज भएको बडीमालिका ७ गोपीसेराकी अम्बिका पाध्यायले बताईन् । घर नजिकैको धारामा पानी आउँदा भगवान आए जस्तो महसुस भएको पाध्यायको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार