मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

‘युट्युव’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण

Ujyalosandeshonline 11540+ समाचार ( )
१२ वैशाख २०८३, शनिबार

म्याग्दी। यहाँको मालिका गाउँपालिका–५ देवीस्थानकी अस्मिता सिउथानी कपडाको डिजाइन र सिलाइकटाइसम्बन्धी सीप सिकेर आत्मनिर्भर बन्नुभएको छ । उहाँले बेनीको सङ्गमचोकमा सञ्चालन गरेको अस्मिता टेलरिङ सेन्टरमा आफ्नै डिजाइनमा झोला तयार पार्नुका साथै सिलाइकटाइसम्बन्धी काम गर्दै आउनुभएको छ । ग्राहकको मागअनुसार विभिन्न प्रकारका झोला, कुर्ता सुरुवाल, साडी र ब्लाउज तयार पार्न थालेपछि सिउथानीको व्यवसाय फस्टाएको छ । 

उहाँले फुर्सदको समय सदुपयोग गर्न सिकेको सिलाइकटाइसम्बन्धी व्यवसायम फस्टाउन सामाजिक सञ्जालले निकै सघाउ पुगेको उहाँले बताउनुभयो । “युट्युव हेरेर झोला र लेडिज कपडाको डिजाइन गर्न सकेको र थालेकी हुँ” सिउथानीले भन्नुभयो,“ग्राहकको रोजाइअनुसार कपडा र झोला तयार पार्ने र सामाजिक सञ्जाल ‘फेसबुक र टिकटक’ बाटै बजारीकरण गर्दै आएकी छु ।”काठमाडौँ, पोखराबाट कपडा ल्याएर उहाँले महिला, विद्यार्थी र पदयात्रीलाई लक्षित गरी झोला तयार पार्नुहुन्छ । झोलालाई आकारअनुसार प्रतिगोटा रु एक हजार २०० देखि रु एक हजार ७०० सम्ममा बिक्री गरिरहेको सिउथानी जानकारी दिनुभयो ।  

“बेनी बजारसहित म्याग्दीका ग्रामीण क्षेत्रका साथै पोखरा, काठमाडाँै र विदेश जानेहरूले पनि झोला मन पराउने गरेका छन्”, उहाँले सुनाउनुभयो,“विसं २०७४ मा सिलाइकटाइ व्यवसाय सुरु गरेकी थिए । पछिल्ला केही वर्षयता डिजाइनमा लागिरहेकी छु ।

” यसबाट ‘सिजन’मा मासिक रु एक लाख ५० हजारदेखि रु दुई लाखसम्म आम्दानी हुने गरेको छ । “मागअनुसार झोला र कपडा बनाउन थालेपछि बजारमा प्रतिस्पर्धा कम भएको छ । पछिल्लो समय त काम छैन भनेर बस्नुपरेको छैन”, सिउथानीले भन्नुभयो,“दैनिक कारोबार त भइरहेकै छ । सीप सिक्न चाहनेलाई पनि सिकाइरहेकी छु । यसले पैसा र सन्तुष्टि दुवै मिलिरहेको छ ।”उहाँलाई एकीकृत सेवा कार्यालय र प्रदेश सरकारले व्यवसाय सञ्चालनका लागि औजार खरिदमा सहयोग गरेको छ । यसले काम गर्न सहज र थप हौसला मिलेको सिउथानीले बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार