मुख्य समाचार
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल | आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह | नारायणगढ–मुग्लिन सडक सञ्चालन | रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो | बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द | सिद्धार्थ राजमार्ग किनारमा लायन्स क्लब अफ भैरहवा लिगेसीको वृक्षारोपण | दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव |

सांसदहरुको निर्वाचन क्षेत्र जोड्ने रणनैतिक सडक निर्माणमा बजेट थप गराउन अर्थमन्त्रीलाई समितिमा बोलाउने तयारी

Ujyalosandeshonline 11904+ समाचार ( )
१७ फाल्गुन २०८०, बिहीबार

काठमाडौं । संसदको पूर्वाधार विकास समितिले सांसदहरुको निर्वाचन क्षेत्र जोड्ने रणनैतिक सडक सम्बन्धी विषयमा थप छलफल गर्न भौतिक पूर्वाधार मन्त्री र अर्थमन्त्रीलाई बोलाउने तयारी गरेको छ ।

सभापति दिपक बहादुर सिंहको सभापतित्वमा सिंहदरबारमा बसेको आजको बैठकको छलफलमा सांसदहरुको निर्वाचन क्षेत्र जोड्ने रणनैतिक सडक निर्माणमा सम्बन्धित मन्त्रालयको समन्वय अभाव र योजनाहरुमा बजेटको कमिका कारण समयमै काम सम्पन्न हुन नसकेको गुनासो गरेका थिए ।

आज पूर्वाधार समितिमा निर्वाचन क्षेत्र जोड्ने रणनैतिक सडक सम्बन्धी विषयमा भएको छलफलमा सहभागी धेरै सांसदहरुले पैसाको अभावले कतिपय सडकका काम पूर्ण हुन नसकेको जानकारी गराएका थिए ।

सडक आयोजनामा बजेट अभाव, सरोकारवाल निकायबिचमा समन्वय अभाव जस्ता समस्या उठाएपछि समिति सभापति सिंहले अर्को बैठकमा सो समस्याबारे थप छलफल गर्न भौतिक पूर्वाधार मन्त्री र अर्थ मन्त्रीहरुलाई बोलाउने निर्णय गरे ।

‘रणनैतिक सडकमा सबै काम सम्पन्न भईसकेको छ । कतिपय स्थानका सडक पिच गर्न मात्रै बाँकी छ । अर्थमन्त्रालयले आयोजनाको लागि उपलब्ध गराएको १ करोड बजेटले रणनीतिक योजनाहरुमा केही काम हुदैँनन् । त्यसकारण प्रयाप्त मात्रामा बजेट राख्नको लागि अर्को मिटिङ्मा पूर्वाधार मन्त्रीज्यू र अर्थमन्त्री दुवै जना उपस्थित गराउने हो भने मात्रै यो कुराको निष्कर्ष आउन सक्छ,’ सिंहले भने ।

आजको बैठकमा उठेका सावाललाई मन्त्री द्ववलाई समितिमा बोलाएरै छलफल गर्ने तयारी गरेको समितिको अर्को बैठक बस्ने  मिति भने तोकिएको छैन् ।

वर्षा याम आउनुपूर्व नै हाल निर्माण जारी रहेका सडकको काम सम्पन्न गर्न नसके  अहिलेको अवस्थासम्म ल्याएका बाटोहरु पनि पानी पर्न थालेपछि सबै विग्रने भन्दै बजेट थप गराएर निर्माण कार्य सम्पन्न गराउन अर्थमन्त्रीसँग समितिले जोड दिएरै छलफल गर्न लागेको हो ।

समितिले अलपत्र भएका विभिन्न क्षेत्रका बाटोहरुमा समेत सरकारले बजेट फुकुवा गरेर सम्पन्न गर्नुपर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार