मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

भैरहवामा प्रदेश स्तरिय “मिसेज लुम्बिनी प्रदेश–२०८१” हुदै

Ujyalosandeshonline 12614+ समाचार ( )
१६ भाद्र २०८१, आइतबार

भैरहवा । रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरको आयोजनामा भैरहवामा प्रदेश स्तरिय “मिसेज लुम्बिनी प्रदेश–२०८१” कार्यक्रमको आयोजना हुने भएको छ । आईतबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले यसबारे जानकारी दिएका छन् । 

क्लबको पब्लिक ईमेज अन्र्तगत पहिलो प्रयास स्वरुप कार्यक्रमको आयोजना गरिएको आयोजकले बताए । क्लबका अध्यक्ष ओम जैसीका अनुसार महिला शसक्तिकरण गर्ने मूख्य उद्देश्य सहित कार्यक्रमको आयोजना गरिएको हो । यस संगै छात्र शिक्षा र भैरहवामा आईसियु जडित एम्बुलेन्स खरिद गर्ने उद्देश्य पनि कार्यक्रमले लिएको उनले बताए । 

कार्यक्रम संयोजक देवी गुरुङ्गले भाद्र १७ गते बाट यसको लागि फारम खुल्ला गरिने बताइन । उनले भैरहवाको काशी सिनेप्लेक्समा रहेको सचिवालय वा खल्ती एपबाट फारम भर्न सकिने बताइन । यस संगै कार्तिक १ गते देखि १२ गते सम्म अडिसन गर्ने र भैरहवा र दाङ्ग गरि दुई स्थानमा अडिसन गरिने उनले जानकारी दिइन । कार्तिक २३ गतेबाट क्लोज क्याम्प सुरु गरि मंसिरको १५ गते फाईनल गरिने उनले बताइन ।

प्रतियोगितामा प्रथम हुनेले आकर्षक क्राउन सहित नगद ५१ हजार, फर्स्ट रनर अफले क्राउन सहित नगद ३१ हजार र सेकेण्ड रनर अपले क्राउन सहित सहित नगद २१ हजार रुपैया प्राप्त गर्ने गुरुङ्गले जानकारी दिइन । २० वर्ष पुरा भएका लुम्बिनी प्रदेशका विवाहित जुनसुकै महिला पनि कार्यक्रममा भाग लिन पाउने छन् ।

सरीता रानाको सञ्चालनमा सम्पन्न पत्रकार सम्मेलनमा लुम्बिनी प्रेस क्लबकी अध्यक्ष सम्झना शर्माले शुभकामना मन्तब्य राखेकी थिईन । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार