मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |
मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |


धर्मलाई राजनीतिसँग नजोड्न प्रथम राष्ट्रपतिको आग्रह

Ujyalosandeshonline 11005+ समाचार ( )
२७ फाल्गुन २०८०, आइतबार

जनकपुर । प्रथम राष्ट्रपति डा.रामवरण यादवले धर्मलाई राजनीतिसँग जोडेर हेर्ने प्रवृतिले समाजमा विखण्डन बढेको भन्दै धर्मलाई जनीतिबाट अलग राख्नुपर्ने बताएका छन् । 

यादवले धर्ममा राजनीति हुँदा समाजमा विकृति बढेको धारणा राख्दै धार्मिक कार्यक्रममा समाज उत्थानका कुरा मात्र हुनुपर्नेमा जोड दिए । यादवले भने, ‘धर्ममा पनि राजनीति हुँदा समाजमा विकृति बढ्दै गइरहेको छ, यसलाई हामीले रोक्नु पर्छ ।’ 

ऐतिहासिक मिथिला माध्यमिक परिक्रमाको आइतबार उद्घाटन गर्दै यादवले धर्मलाई राजनीतिसँग जोडेर हेर्दा समाज विखण्डनतर्फ अघि बढिरहेको उल्लेख गर्दै चिन्ता व्यक्त गरे । ‘धार्मिक कार्यक्रमहरुमा समाज उत्थानको कुरा हुनुपर्छ, समाजलाई कसरी जोड्ने त्यसतर्फ छलफल हुनुपर्छ ।’

पन्ध्र दिने ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आजदेखि धनुषाको कौचरीबाट विधिवत सुरुआत भएको छ । नेपाल र भारतका हजारौं संख्यामा  श्रद्धालु भक्तजनहरुको सहभागीता हुने उक्त परिक्रमा विभिन्न १५ स्थानमा विश्राम गरी एक सय ३३ किलोमिटर पैदलयात्रा गर्ने गरिन्छ । 

मिथिलाको महाकुम्भको रुपमा मानिएको मिथिला मध्यमा परिक्रमा धनुषाको मिथिला बिहारी नगरपालिका –८ कचुरीमा रहेको मठबाट डोला निकालिएसँगै यात्राको प्रारम्भ भएको हो । 

यात्राको सुरुआत प्रथम  राष्ट्रपति यादव र मधेस प्रदेश सरकारका उद्योग पर्यटन तथा वातावरण मन्त्री सुनिता यादवको उपस्थितिमा मिथिला बिहारीको डोला उठाएसँगै शुरु भएको छ । 

यद्यपि यात्राको विधिवत शुरुवात भने सोमबार जनकपुरधामस्थित हनुमानगरबाट हुनेछ । फागुन शुक्ल औंसीको दिन कचुरीबाट निकालिएको डोला हनुमानगढीमा विश्राम गरेर मंगलबार भारतको कल्याणेश्वर जानेछ । हनुमानगढीबाट निस्केपछि मिथिला मध्यमा परिक्रमाको औपचारिक सुरुवात हुन्छ । नेपालको धार्मिक ऐतिहासिक ठाउँहरुको १०७ किलोमिटर र भारतको २६ किलोमिटर कूल १३३ किलोमिटर भूभागको यात्रा गरिन्छ ।

कचुरीमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति यादवले मिथिला मध्यमा परिक्रमा जस्तो धार्मिक परम्परामा राजनीतिकरण गर्न नहुने बताए । उनले यसलाई विशुद्ध धार्मिक कार्यक्रम नै रहन दिनपर्ने भन्दै आग्रह समेत गरे ।

त्यस्तै, कार्यक्रममा उपस्थित मधेस प्रदेश,उद्योग पर्यटन तथा वातावरण मन्त्री सुनिता यादवले मधेसमा पर्यटन बढाउन मिथिला मध्यमा परिक्रमालाई व्यवस्थित गर्न प्रदेश सरकार गम्भिर रहेको बताइन् ।

जनकपुरधामस्थित अग्निकुण्डबाट किशोरीजी अर्थात् जानकीको डोला र मिथिला बिहारी अर्थात् भगवान रामको डोलासँगै १५ दिनसम्म मिथिलाका विभिन्न धार्मिकस्थलहरुको परिक्रमा गर्ने गरिन्छ । उनीहरूले नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थलमा राति बास बस्दै परिक्रमालाई अगाडि बढाउनेछन् । 

यस परिक्रमामा सहभागी भएमा अनेकन पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने एवं मोक्ष प्राप्ति हुने जनविश्वास रहिआएको छ । 

मिथिला मध्यमा परिक्रमा जनकपुरधामको हनुमानगढी, भारतको कल्याणेश्वर, गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर र औरही पुग्ने छ । पुनः भारतको करुणालगायतका विभिन्न स्थान हुँदै विसौला धार्मिकस्थल हुँदै चैत १० गते बिसौलमा पुग्ने र जनकपुर नगरको पाँचकोसे अन्तरगृह परिक्रमा गरी समाप्त हुने जनाइएको छ । परिक्रममा सहभागी श्रद्धालुहरू मौलिक पहिरनमा परम्परागत बाजागाजा, झाँकी कीर्तनसहितकासहभागी भएका छन् ।  

अठारौँ शताब्दीदेखि धार्मिकयात्रा १४ दिनसम्म धार्मिकयात्रालाई माध्यमिकी परिक्रमाको रूपमा मनाई १५ औँ दिनभित्र जनकपुर पुगी होली खेलेर फागु पूर्णिमा तिथि पारेर यो परिक्रमालाई समापन गर्ने परम्परा छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार